शेयर बजार ४० अङ्कभन्दा धेरैले घट्यो – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

शेयर बजार ४० अङ्कभन्दा धेरैले घट्यो


नयाँ विकल्प,

काठमाडौं – शेयर बजार बुधवार पनि घटेको छ ।

नेप्से आज ४० दशमलव २६ अङ्कले घटेर दुई हजार आठ सय ८९ विन्दुमा झरेको छ ।

बजार खुलेको केही बेर बजार बढे पनि त्यसपछि घट्न सुरु भएको थियो ।

आज बैंक, व्यापार, जलविद्युत्, बीमा, फाइनान्स, उत्पादनसहित सबै समूहको शेयर घटेको छ ।

आज हिमालयन ऊर्जा विकास कम्पनी र गुराँस फाइनान्सको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।

समग्र बजार घटे पनि मनकामना स्मार्ट लघुवित्त कम्पनीको शेयर आठ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज दुई सय २२ कम्पनीका शेयर कारोबार भएकोमा जम्मा १६ वटा कम्पनीको शेयर मात्रै सामान्य बढेको छ ।

आज एक करोड पाँच लाख कित्ता शेयर पाँच अर्ब ३५ करोड रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको २२ करोड १४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

सम्बन्धित समाचार

भक्तपुरको सुधार गृहमा युवकको मृत्यु
भक्तपुरको सुधार गृहमा युवकको मृत्यु
  • २०७८ भाद्र ३०, २१: १६

भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित उत्साहित सुधार गृहमा एक युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । सुधार गृहमा...

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ भाद्र ३०, २१: १६

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
  • २०७८ भाद्र ३०, २१: १६

कपिलवस्तु : तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा फेला परेका छन् ।...