चूडामणि शर्मासँग ५० लाख रुपैयाँ धरौटी माग – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

चूडामणि शर्मासँग ५० लाख रुपैयाँ धरौटी माग

नयाँ विकल्प,

काठमाडौं – आन्तरिक राजस्व विभागका पूर्वमहानिर्देशक चूडामणि शर्मालाई विशेष अदालतले ५० लाख रुपैयाँ धरौटी मागेको छ ।


कर फर्छ्योट आयोगले व्यवसायीहरूलाई जथाभाबी कर छुट दिएर राज्य कोषलाई घाटा पुर्‍याएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मामाथि भ्रष्टाचार मुद्दा चलाएको हो ।

आज विशेष अदालतमा हाजिर भएका शर्मालाई बयानपछि न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले ५० लाख रुपैयाँ धरौटी माग्ने आदेश गरेको हो ।

जथाभाबी कर छुट दिएर राज्य कोषमा एक अर्ब ३३ लाख २० हजार पाँच सय ८५ रुपैयाँ घाटा लगाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गएको असार ९ गते शर्मासहित तत्कालीन आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रकाश ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

सम्बन्धित समाचार

भक्तपुरको सुधार गृहमा युवकको मृत्यु
भक्तपुरको सुधार गृहमा युवकको मृत्यु
  • २०७८ आश्विन ११, २१: ०४

भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित उत्साहित सुधार गृहमा एक युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । सुधार गृहमा...

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ आश्विन ११, २१: ०४

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
  • २०७८ आश्विन ११, २१: ०४

कपिलवस्तु : तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा फेला परेका छन् ।...