काठमाडाैं । पुँजी बजार निरन्तर ओरालो लाग्दा पनि नियामक निकायहरुले सुधारका लागि कुनै पहल नगरेको भन्दै सेयर लगानीकर्ताहरुले बिरोध प्रदर्शन गरेका छन् । काठमाडौंको माइतिघरमा बिभिन्न माग राख्दै उनीहरुले बिरोध प्रदर्शन गरेका हुन् ।
स्वतन्त्र पुँजी बजार सुधार संघको आह्वानमा भएको प्रदर्शनमा लगानीकर्ताले मेरो शेयर र टिएमएसको समस्या छिटो समाधान गर, शेयर बजारमाथि अनावश्यक हस्तक्षेप बन्द गर लगाएतका प्लेकार्ड प्रदर्शनकारीहरुले प्रदर्शन गरेका छन् ।
यसअघि असोज ६ गते पुँजी बजार सुधार संघर्ष समितिले धितोपत्र बोर्डमा विभिन्न माग राखी ज्ञापनपत्र पेश गरेको थियो । आफ्ना माग ५ कार्यदिनभित्र सम्बोधन गरिने भनिए पनि अहिलेसम्म व्यवहारमा लागू हुन नसकेको लगानीकर्ताको भनाई छ । उनीहरुले लगानीकर्ताको मागका बारेमा कुनै सुनुवाई नभए निरन्तर बिरोध गर्ने बताए ।
केन्द्रीय बैंकको पुँजी बजार विरोधी नीतिले सेयर बजार धरापमा परेको आरोप लगानीकर्ताको छ ।
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...
काठमाडौं । छठको निहुँ बनाएर रास्वपा सभापति रवि लामिछाने र नेपाली कांग्रेसका सभापति गगन थापा मधेश प्रदेश ओर्लिएका छन् ।...
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले कर प्रशासनलाई प्रविधिमैत्री, सरल, सहज र पारदर्शी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रिय कर...