मध्य भोटेकोशी जलविद्युत कम्पनीद्धारा आईपीओ निष्कासन – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

मध्य भोटेकोशी जलविद्युत कम्पनीद्धारा आईपीओ निष्कासन


नयाँ विकल्प,
काठमाडौं– मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुल्ला गरेको छ ।

कम्पनीले कूल ९० करोड रुपैयाँ बराबरको एक सय अङ्कित मूल्यका ९० लाख कित्ता शेयर आजदेखि निष्कासन गरेको हो ।

९० लाख कित्ता शेयरमध्ये चार प्रतिशत अर्थात् तीन लाख ६० हजार कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरिएको र पाँच प्रतिशत अर्थात चार लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी रहने ८१ लाख ९० हजार कित्ता साधारण शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने छन् ।

सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म प्रतिशेयर एक सयका दरले असोज २५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

सम्बन्धित समाचार

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ आश्विन २०, २१: ०६

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
  • २०७८ आश्विन २०, २१: ०६

कपिलवस्तु : तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा फेला परेका छन् ।...

गोसाइँकुण्डमा जनै पूर्णिमा मेलाको तयारी
गोसाइँकुण्डमा जनै पूर्णिमा मेलाको तयारी
  • २०७८ आश्विन २०, २१: ०६

रसुवा : जिल्लाको प्रख्यात तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष जनपूर्णिमाका दिन लाग्ने मेलालाई लक्षित गरी तीव्र गतिमा तयारी थालिएको छ ।...