काठमाडौं । साधना लघुवित्त वित्तिय संस्थाले सोमबारदेखि औपचारिक कारोबार सुरु गरेको छ । राष्ट्र बैंकका संचालक रामजी रेग्मीले संस्थाको उद्घघाटन गरे । कार्यक्रममा रेग्मीले जनतालाई बैंकिङ पहुँच पु¥याउने उदेश्यले कारोबार गर्न सुझाब दिएका थिए ।
उनले गरिबी निवारणमा लघुवित्त संस्थाले महत्वपूर्ण काम गरिरहेको बताउँदै उद्यमशिलताको विकासमा सघाउन आग्रह समेत गरे ।
त्यसैगरी, उक्त कार्यक्रमा सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडेलले गोरखावासीको क्रियाशिलतामा स्थापित भएको संस्थाले पिछडिएका वर्गमा वित्तिय साक्षरता दिएर कारोबार गर्न सुझाब दिएका थिए । गोरखा नगरपालिकाकी उपमेयर विनाकुमारी श्रेष्ठले महिला सशक्तिकरणका लागि लघुवित्त सहयोगी बन्ने धारणा व्यक्त गरिन् ।
काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय विद्युत् प्रसारण पूर्वाधार विस्तार गर्दै नेपालबाट भारततर्फ हुने विद्युत् निर्यात क्षमता १,१०० मेगावाटबाट १,६५०...
काठमाडौँ । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस खरिद गर्न अब बैंक तथा वित्तीय संस्थाबाट सवारीको कुल मूल्यको...