काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले गुल्मीमा दुईवटा शाखारहित बैंकिङ सेवा सञ्चालन गरेको छ । सो सेवाको मुसिकोट नगरपालिकाको इन्द्रगौंडा र भुवाचिदीमा सोही नगरपालिकाका प्रमुख सोमनाथ सापकोटा र मेगा बैंक तम्घास शाखाका प्रबन्धक शालिकराम पन्थीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
नगरपालिकामा रेमिट्यान्सबाट भित्र्याइएको लाखौँ रकम उपभोग र विलासितामा मात्रै खर्च भइरहेको बताउँदै मेयर सापकोटाले अब मेगा बैंकको शाखारहित बैंकिङ सेवामार्फत घरदैलोमा बचत गर्न इन्द्रगौडा र भुवाचिदी बासीलाई सजिलो भएको बताएका थिए । नगरपालिकाका वडा न. ५ र ६ को वृद्घाभत्ता मेगाको शाखारहित बैंकिङ सेवाबाट हुने कार्यक्रममा बताइएको छ ।
वडा न. ५ का वडाध्यक्ष भागिरथ खरेल र वडा नं ६ का वडाध्यक्ष खड्कबहादुर खड्काले बैंकहरु विश्वासमा चल्ने संस्था भएकाले सबैलाई विश्वासमा लिएर मेगा बैंकले छिटो छरितो रुपमा सेवा दिनुपर्नेमा जोड दिए । शाखा प्रबन्धक पन्थीले शाखारहित बैंकिङ प्रतिनिधिसँग भएको मेसिनबाट खाताको रकम झिक्न खातावालाको औंठाछाप अनिवार्य रुपमा राखिने हुँदा खातावालाको रकम सुरक्षित हुने छ ।
काठमाडौं : चालु आवको भदौ महिनामा दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज...
काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
काठमाडौँ — नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राहरूको खुला बजार विनिमय दर (Reference Rate) सार्वजनिक गरेको छ। आज...