एनएमबि बैंकले थप दुई जलविद्युतमा लगानी गर्दै – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

एनएमबि बैंकले थप दुई जलविद्युतमा लगानी गर्दै

काठमाडौं । एनएमबि बैंकले १३ दशमलव ५ मेगावाट तथा १२ मेगावाटका जलविधुत आयोजनाहरुमा लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ । बैंकले सुपर काबेली खोला– ‘ए’जलविद्युत् आयोजना तथा सुपर काबेली खोला क्यासकेड जलविद्युत् आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको बताइएको छ ।

स्नो रिभर्स प्रालि तथा हिल्टन हाइड्रो इनर्जी प्रालिले ताप्लेजुङ जिल्लाको सिरिजंगा गाउँपालिकामाको सुपर काबेली खोला– ‘ए’ जलविद्युत् आयोजना तथा सुपर काबेली खोला क्यासकेड जलविद्युत् आयोजनाहरु निर्माण गरिरहेका छन् ।

यी आयोजनामा एनएमबि बैंकको नेतृत्वमा राष्ट्रिय वाणिज्य बैंकले सहवित्तीयकरण गरेको छ। १३ दशमलव ५ मेगावाट (सुपर काबेली खोला–‘ए’ जलविद्युत् आयोजना) तथा १२ मेगावाट (सुपर काबेली खोला क्यासकेड जलविद्युत् आयोजना) क्षमता भएको आयोजनाको कुल लागत क्रमशः २ अर्ब ४१ करोड तथा २ अर्ब १४ करोड रुपियाँ रहेको छ जसमध्ये बैंकहरुको लगानी क्रमशः। १ अर्ब ८९ करोड तथा १ अर्ब ६७ करोड रुपियाँ रहने छ ।

याेसंगै एनएमबि बैंकले कुल ४३ वटा जलविद्युत् आयोजनामा लगानी गरिसकेको छ ।

सम्बन्धित समाचार

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ पुष ६, ११: ४२

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
  • २०७८ पुष ६, ११: ४२

कपिलवस्तु : तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा फेला परेका छन् ।...

गोसाइँकुण्डमा जनै पूर्णिमा मेलाको तयारी
गोसाइँकुण्डमा जनै पूर्णिमा मेलाको तयारी
  • २०७८ पुष ६, ११: ४२

रसुवा : जिल्लाको प्रख्यात तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष जनपूर्णिमाका दिन लाग्ने मेलालाई लक्षित गरी तीव्र गतिमा तयारी थालिएको छ ।...