एनएमबि बैंकले थप दुई जलविद्युतमा लगानी गर्दै – Naya Bikalpa
October 24, 2026, Saturday      Epaper

एनएमबि बैंकले थप दुई जलविद्युतमा लगानी गर्दै

काठमाडौं । एनएमबि बैंकले १३ दशमलव ५ मेगावाट तथा १२ मेगावाटका जलविधुत आयोजनाहरुमा लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ । बैंकले सुपर काबेली खोला– ‘ए’जलविद्युत् आयोजना तथा सुपर काबेली खोला क्यासकेड जलविद्युत् आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको बताइएको छ ।

स्नो रिभर्स प्रालि तथा हिल्टन हाइड्रो इनर्जी प्रालिले ताप्लेजुङ जिल्लाको सिरिजंगा गाउँपालिकामाको सुपर काबेली खोला– ‘ए’ जलविद्युत् आयोजना तथा सुपर काबेली खोला क्यासकेड जलविद्युत् आयोजनाहरु निर्माण गरिरहेका छन् ।

यी आयोजनामा एनएमबि बैंकको नेतृत्वमा राष्ट्रिय वाणिज्य बैंकले सहवित्तीयकरण गरेको छ। १३ दशमलव ५ मेगावाट (सुपर काबेली खोला–‘ए’ जलविद्युत् आयोजना) तथा १२ मेगावाट (सुपर काबेली खोला क्यासकेड जलविद्युत् आयोजना) क्षमता भएको आयोजनाको कुल लागत क्रमशः २ अर्ब ४१ करोड तथा २ अर्ब १४ करोड रुपियाँ रहेको छ जसमध्ये बैंकहरुको लगानी क्रमशः। १ अर्ब ८९ करोड तथा १ अर्ब ६७ करोड रुपियाँ रहने छ ।

याेसंगै एनएमबि बैंकले कुल ४३ वटा जलविद्युत् आयोजनामा लगानी गरिसकेको छ ।

सम्बन्धित समाचार

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
  • २०७८ पुष ६, ११: ४२

चितवन : कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय...

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
  • २०७८ पुष ६, ११: ४२

कास्की : पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो...

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७८ पुष ६, ११: ४२

काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका कारण हिमाली र पहाडी भूभागमा...