माछापुच्छ्रे बैंकको मुनाफामा वृद्धि – Naya Bikalpa
October 27, 2026, Tuesday      Epaper

माछापुच्छ्रे बैंकको मुनाफामा वृद्धि

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आर्थिक वर्ष २०७५÷०७६ को दोस्रो त्रैमासमा नेपाल फाइनान्सिङ स्टान्डर्ड अनुसार खुद मुनाफा ७८ करोड १३ लाख रुपैयाँ कमाएको छ, जुन अघिल्लो वर्षको सोहि अवधिको तुलनामा ६०.५८ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा बैंकले नाफा ४८ करोड ६५ लाख रुपैयाँ कमाएको थियो ।

एनएफआरएसको प्रतिवेदनमा बैंकले ८० करोड ३६ लाख वितरण योग्य नाफा आर्जन गरेको देखाएको छ । खुद नाफाबाट २ करोड २२ लाख रेगुलेटरी एड्जस्टमेन्ट वापत थपिएपछि बैंकको लाभांश क्षमता बढेको हो ।

८ अर्ब ५ करोड रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडा कोषमा २ अर्ब २७ करोड २४ लाख रुपैयाँ राखेको छ । बैंकले निक्षेपमा ८५ अर्ब १७ करोड ६२ लाख रुपैयाँ संकलन गरी कर्जामा ७४ अर्ब ६५ करोड ३५ लाख रुपैयाँ लगानी गरेको छ । बैंकले निक्षेपमा ३०.७६ प्रतिशतले वृद्धि गरेको छ भने कर्जामा २३.३३ प्रतिशतले वृद्धि गरेको छ । बैंकको खुद व्याज आम्दानी ५३.९० प्रतिशतले बढेर १ अर्ब ६९ करोड ६५ लाख रुपैयाँ पुगेको छ भने त्यस्तै सञ्चालन मुनाफा ६५.५१ प्रतिशतले वृद्धि भई १ अर्ब १५ करोड २४ लाख रुपैयाँ पुगेको छ ।

बैंकको निष्कृय कर्जा शुन्य दशमलव ४४ प्रतिशत, पुँजीकोष अनुपात १२.८३ प्रतिशत, प्रति शेयर आम्दानी १९ रुपैयाँ ४० पैसा, मुल्य आम्दानी अनुपात १०.६२ गुणा, प्रतिशेयर नेटवर्थ १ सय २८ दशमलव २१ रुपैयाँ र तरलता अनुपात २१.४९ प्रतिशत रहेको छ । त्यस्तै कर्जा निक्षेप अनुपात ७७.६४ प्रतिशत, आधार व्याजदर १०.९९ र कोषको लागत ७.९८ प्रतिशत रहेको छ ।

सम्बन्धित समाचार

असोजमा ५ अर्ब ९२ करोडको विद्युत् निर्यात
असोजमा ५ अर्ब ९२ करोडको विद्युत् निर्यात
  • २०७५ माघ ७, ०९: २७

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको...

आजका लागि विदेशी मुद्राको विनिमय दर
आजका लागि विदेशी मुद्राको विनिमय दर
  • २०७५ माघ ७, ०९: २७

काठमाडौं : नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...

भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
  • २०७५ माघ ७, ०९: २७

काठमाडौं : चालु आवको भदौ महिनामा दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज...