ग्लोबल आइएमई बैंकद्वारा खोटाङ्गको दिक्तेल रुपाकोटमा नयाँ शाखारहित बैंकिङ्ग सेवाको शुरुवात – Naya Bikalpa
October 24, 2026, Saturday      Epaper

ग्लोबल आइएमई बैंकद्वारा खोटाङ्गको दिक्तेल रुपाकोटमा नयाँ शाखारहित बैंकिङ्ग सेवाको शुरुवात

खोटाङ्ग । ग्लोबल आइएमई बैंक लिमिटेडले खोटाङ्गको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा न. १४, बुइपामा नयाँ शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको छ । नयाँ शाखारहित बैकिङ्ग सेवा सञ्चालनमा ल्याए सँगै बैंकका शाखारहित बैंकिङ्ग सेवाको संख्या २७५ पुगेको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामिण क्षेत्रका स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधि मार्पmत बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, DISH HOME/CDMA/UTL/NTC को महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेका ग्रामिण क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको हो ।

बैंकले मुलुकभर २८८ शाखा, २७५ शाखारहित बैंकिङ्ग सेवा, २५६ एटीएम, ५१ एक्सटेन्सन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत २८ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

सम्बन्धित समाचार

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
  • २०७८ चैत्र २९, १५: १९

चितवन : कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय...

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
  • २०७८ चैत्र २९, १५: १९

कास्की : पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो...

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७८ चैत्र २९, १५: १९

काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका कारण हिमाली र पहाडी भूभागमा...