
काठमाडौं । चन्द्रागिरि हिल्स रिसोर्टको महाप्रबन्धकमा सन्जीव थापा नियुक्त भएका छन् । महाप्रबन्धकको जिम्मेवारी सम्हालेका अभिषेक विक्रम शाहले राजीनामा दिएपछि थापा नियुक्त भएका हुन् ।
चन्द्रागिरि हिल्स् लिमिटेडले शाहको राजीनामा स्वीकृत गरेसँगै आउँदो वैशाख १ गतेदेखि लागू हुने गरी थापालाई नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीमा नवनियुक्त थापा लामो समयदेखि हस्पिटालिटी क्षेत्रमा आबद्ध छन् । उनले हायत रिजेन्सी, केजीएच समूह अन्तर्गत सञ्चालित पार्क भिलेज रिसोर्ट लगायतमा चिफ अपरेटिङ अफिसरको भूमिका निर्वाह गर्दै आएका थिए ।
शाहले आफ्नो अनुभव विस्तार गर्ने उद्देश्यले कम्पनीबाट स्वैच्छिक राजीनामा दिएको बताए । पर्यटन क्षेत्रमा काम गर्न सकिने धेरै क्षेत्र रहेको बताउँदै शाहले आफूले लिएको अनुभवलाई थप नयाँ ठाउँमा विस्तार गर्ने उद्देश्य राखेको बताए ।
शाहले उक्त रिसोर्ट सञ्चालनमा आएदेखिनै महाप्रबन्धकको जिम्मेवारी सम्हाल्दै आएका थिए । चन्द्रागिरिमा केबुलकारसँगै रिसोर्ट पनि सञ्चालनमा रहेकाले काठमाडौंमा घुमघामको नयाँ गन्तव्य बनेको थियो ।
कम्पनी संचालक समितिको ३२ औं बैठकले शाहले दिएको राजीनामा स्वीकृत गर्दै थापालाई नियुक्तिको निर्णय गरेको हो ।
काठमाडौं : नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...
काठमाडौं : चालु आवको भदौ महिनामा दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज...
काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...