सिभिल बैंकको ४० प्रतिशत हकप्रद निष्काशन – Naya Bikalpa
October 24, 2026, Saturday      Epaper

सिभिल बैंकको ४० प्रतिशत हकप्रद निष्काशन

काठमाडौँ । सिभिल बैंकले शुक्रबारबाट हकप्रद निष्कासन गरेको छ । हकप्रद शेयरमा लगानीकर्ताले देशैभरीबाट आस्वामार्फत आबेदन दिन सक्ने बिक्रि प्रबन्धक लक्ष्मी क्यापिटलले जनाएको छ । बैंकले दुई अर्ब ७४ करोड ८८ हजार ६ सय ७५ रुपैयाँ बराबरको शेयर निस्कासन गरेको हो । कम्पनीका मंसिर ४ गतेसम्म कायमरहेका शेयरधनीलाई ४० प्रतिशत शेयर निस्कासन गरेको हो ।
आस्वामार्फत हकप्रदमा आबेदन दिन सकिने ब्यबस्था भएपनि लगानीकर्ताले आफुले कति शेयर आबेदन गर्न पाउने हो, त्यसको यकिन विवरण फारममा उल्लेख गर्नुपर्ने हुन्छ । हाललाई शेयरधनीले पुरानै शैलीर आस्वा दुवै माध्यमबाट हकप्रद आबेदन दिन सक्नेछन् । केन्द्रीय निक्षेप प्रणाली (सिडीएससी)ले सिभिल बैंकको हकप्रदलाई लक्षित गर्दै आस्बा सफ्टवेयरलाई परिमार्जन गरेको छ । ‘सी आस्बा’ सेवाप्रादायक बैंकहरुलाई सेयरधनीको खातामारहेको शेयर संख्या हेर्न मिल्ने गरि सफ्टवेयरमा परिबर्तन गरिएको सिडिएससीका प्रवक्ता सुरेश न्यौपाउनेले बताए ।

सम्बन्धित समाचार

आजका लागि विदेशी मुद्राको विनिमय दर
आजका लागि विदेशी मुद्राको विनिमय दर
  • २०७४ मंसिर २५, ०८: ५७

काठमाडौं : नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...

भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
  • २०७४ मंसिर २५, ०८: ५७

काठमाडौं : चालु आवको भदौ महिनामा दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७४ मंसिर २५, ०८: ५७

काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...