गण्डकी विकास बैंकको रुपन्देहीमा नयाँ शाखा – Naya Bikalpa
October 17, 2026, Saturday      Epaper

गण्डकी विकास बैंकको रुपन्देहीमा नयाँ शाखा

काठमाडौं । गण्डकी विकास बैंकले रुपन्देहीको कञ्चन गाउँपालिकामा शाखा खोलेको छ । बैंकको यो ५३औं शाखा हो । वित्तिय पहुँच नपुगेका गाउँपालिकामा शाखा खोल्न राष्ट्र बैंकले दिएको निर्देशन अनुसार बैंकले शाखा खोलेको हो । यो शाखाबाट निक्षेप संकलन, कर्जा प्रवाह,मोवाइल बैँकिङ्ग, रेमिटेन्स सेवा सहितको पूर्ण बैँकिङ्ग सेवा दिने बैंकले जनाएको छ । बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासिकसम्म १९ अर्ब ३४ करोड निक्षेप संकलन गरि १६ अर्ब ५५ लाख कर्जा प्रवाह गरेको बैंकले जनाएको छ । बैंकले छिट्टै धनगढी, नेपालगञ्ज, घोराही, तानसेन, पोखराको रत्नचोक, चितवनको पर्सा, हेटौडा तथा नयाँबानेश्वर काठमाडौं शाखा खोल्ने तयारी रहेको जनाएको छ ।

सम्बन्धित समाचार

भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
  • २०७४ पुष २४, ०९: ०२

काठमाडौं : चालु आवको भदौ महिनामा दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७४ पुष २४, ०९: ०२

काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...

विदेशी मुद्राको ताजा विनिमय दर सार्वजनिक: डलरको बिक्रीदर १५२ रुपैयाँ ७६ पैसा, कुवेती दिनार सबैभन्दा महँगो
विदेशी मुद्राको ताजा विनिमय दर सार्वजनिक: डलरको बिक्रीदर १५२ रुपैयाँ ७६ पैसा, कुवेती दिनार सबैभन्दा महँगो
  • २०७४ पुष २४, ०९: ०२

काठमाडौँ — नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राहरूको खुला बजार विनिमय दर (Reference Rate) सार्वजनिक गरेको छ। आज...