ललितपुर । पुननिर्माण प्रक्रियाको अह्म हिंस्सा महिलालाई शिक्षित र सक्षम बनाउन सके पुननिर्माण प्रकृयाले गति लिने सरोकार वालाहरु बताउँछन् । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुक्रबार Housing Recovery and Reconstruction Platform (HRRP) एचआरआरपीले ललितपुरमा आयोजना गरेको कार्यक्रममा उपस्थित सहभागीहरुले यस्तो प्रतिकृया दिएका छन् ।
कार्यक्रममा एचआरआरपी, हेल्भिटास मिलिजुली नेपाली, कमन फिडब्याक प्रोजेक्ट र फेडोले आ–आफ्ना संस्थाले पुननिर्माणमा महिलाहरुको भूमिकामा वृद्धि गर्न गरेका काम कारबाही बारे प्रस्तुती गरेका थिए । प्रस्तुतीको क्रममा एचआरआरपीले महिलाहरुको सहभागिता बढेपनि उनीहरुलाई अझै महिलाको आवश्यकता रहेको बतायो ।
पुननिर्माण अझै महिलामैत्री हुन नसकेकोले यसले गति लिन नसकेको संस्थाको भनाई थियो । त्यसैगरी, कमन फिडब्याक प्रोजेक्टले आएको सर्वेक्षणबाट महिलाहरुले पर्याप्त र समसामयीक सूचना नपाएका देखाएको छ । स्थानीय स्तरका महिलाहरुलाई सरकारले प्रदान गर्ने किस्ताहरु प्राप्त गर्न के–के प्रकृया पूरा गर्नुपर्छ भन्ने कुराको समेत सही जानकारी नभएको उक्त संस्थाको सर्वेक्षणले देखाउँछ । महिला डकर्मीहरुलाई तालिम दिँदै आएको हेल्भिटासले महिला डकर्मीहरुको संख्या न्यून रहेकोले उनीहरुको सहभागिता बढाउन महिला लक्षित डकर्मी तालिमहरु भूकम्प प्रभावित क्षेत्रहरुमा दिँदै आएको जानकारी दियो ।
दलित महिलाहरुको लागि काम गरिरहेको संस्था फेडोले भूकम्पले सबै महिलाहरुलाई प्रभावित बनाएको त्यसमाथि पनि दलित महिलाहरु अझ बढी प्रभावित हुन पुगेका बतायो । स्रोतमा पहुँचको कमीले दलित महिलाहरु अझ बढी प्रभावित हुन पुगेका फेडोले जनायो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै राष्ट्रिय पुननिर्माण प्राधिकरणका सह–सचिव नेत्र सुवेदीले पुननिर्माणमा महिला सिमान्तकृत तथा अल्प संख्यकहरुको लागि प्राधिकरणले जेसी (GESI) शाखाको स्थापना गरी काम कारबाही शुरु गरिसकेको जानकारी दिए ।
त्यसैगरी युएन वुमनबाट स्वागत मन्तव्य राख्दै पुननिर्माणमा महिला लगायत हरेक क्षेत्रको समावेशी कार्यले मात्र पुननिर्माणमा टेवा पुग्ने जनाइएको थियो । उक्त अवसरमा काभ्रेकी महिला डकर्मी, ललितपुरकी राष्ट्रिय पुननिर्मामा प्राधिकरणको कार्यालय प्रमुख, ललितपुरको सामाजिक परिचालिका लगायतले पुननिर्माणमा महिला भएर पुननिर्माणको क्रममा अनुभव गरेका विषयवस्तु साटेका थिए । कार्यक्रममा अपस्थित विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले महिला र पुरुषबीच सूचना प्राप्त गर्ने क्रममा देखिएको ‘ग्याप’ लाई कम गर्नुपर्ने बताएका थिए ।
संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...
नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...
काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र झिँगेदाउ–२ को आधिकारिक पोस्टर सार्वजनिक...