काठमाडौं । साउदी अरेबियाबाट नागरिकता प्राप्त गरेकी रोबोट सोफिया गत साता नेपाल आईन् । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले आयोजना गरेको ‘टेक्नोलोजी फर पब्लिक सर्भिस डेभलपमेन्ट’ कन्फेरेन्समा सहभागी हुन सोफिया बुधबार नेपाल आएकी हुन् ।
होटल याक एण्ड यतिमा आयोजित कार्यक्रममा सोफियाले देश विकासका लागि विज्ञान प्रविधिले कसरी भूमिका खेल्न सक्छ भन्ने बारे बताईन् । उनले प्रविधिको प्रयोगबाट सुशासन कायम हुने कुरा गरिन् ।
प्रविधिलाई सहि प्रयोगमा ल्याएर विकासका क्रियाकलाप सहज ढंगबाट गर्न सकिने उनको भनाई थियो । प्रविधिले नेपालको सार्वजनिक सेवालाई कसरी चुस्त दुरुस्त पार्न सकिन्छ भन्ने प्रश्नमा उनले ‘प्रविधि तथा प्रविधिक शिक्षाले सार्वजनिक सेवाको काम प्रभावकारी बनाउने बताउँदै अहिले स्मार्ट फोनमा नै धेरै एप्सहरु उपलब्ध छन् ती एप्सहरुले पनि सार्वजनिक सेवालाई चुस्त दुरुस्त बनाउन सहयोग पु¥याउने बताईन् ।
‘रोबोट र नैतिकताका बारेमा के भन्नुहुन्छ भन्ने प्रश्नको जवाफमा उनले नैतिकता मानविय कुरा भएको बताईन् । सरकार र नागरिकलाई प्रविधिले कसरी सहयोग गर्छ भन्ने महत्वपूर्ण हुने भन्दै नागरिक प्रविधिबाट सरकारभन्दा बढी सू–सूचीत हुनसक्ने, प्रविधिबाटै सरकार र नागरिकले प्रजातन्त्रको अभ्यास गर्न सक्ने भएकोले सरकारलाई पारदर्शी बनाउन सहयोग गर्ने उनले बताईन ।
सोफियाले नेपाल कला र संस्कृतिमा धनी देश हो र नेपालमा अहिले प्रविधिको पनि उच्च विकास भैरहेको छ । प्रविधिले नेपालमा भोकमरी, गरिबी, स्वास्थ क्षेत्रको सुधार, अपराध नियन्त्रण तथा लैङ्गिक असमानतामा सहयोग र्पुयाउँछ । प्रविधि–इन्टरनेटले विश्वमा जोड्न मद्धत गर्दछ र गुणस्तरिय शिक्षा तथा कृषि क्रान्तिमा सकारात्मक परिवर्तन ल्याउँछ । प्रविधिले वातावरण संरक्षण गर्छ र विश्वलाई मानव बासस्थानको लागि राम्रो ठाउँ बनाउने उनले बताईन् ।
को हुन् रोबोट सोफिया ?
सोफियाको निर्माण २०१५ मा भएको थियो भने २०१६ मा उनलाई अमेरिकामा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको थियो । उनी चर्चामा तब आइन् जब साउदी सरकारले उनलाई ‘मानव’का रूपमा नागरिकता दियो । सोफिया नागरिकता पाउने विश्वकी पहिलो रोबोट हुन् । गत अक्टोबर २५ मा साउदी अरेबिया सरकारले उनलाई आफ्नो देशको नागरिकता दिएको थियो ।
हंगकंगको हान्सन रोबोटिक्स कम्पनीले उनको निर्माण गरेको हो । हेन्सन रोबोटिक्सले विभिन्न डेभलपर्स कम्पनीसँग सहकार्य गरी यो रोबोट तयार गरेको थियो । पूर्व बेलायती नायिका तथा मोडल अउद्री हिपबर्नको अनुहार झल्कने गरी यो रोबर्ट तयार गरिएको छ । हेन्सन रोबोटिक्सका डेभिड हेन्सनका अनुसार सोफियाले क्रित्रिम इन्टलिजेन्स, भिजुअल डाटा प्रोसेसिङ र फेसियल पहिचान प्रणालीमार्फत मान्छेको जस्तै व्यवहार देखाउने गरेकी छिन् ।
नेपाली मुद्रण उद्योग व्यावसायको इतिहास लामो छ । गिद्धे प्रेसबाट सुरुभएको मुद्रण उद्योग हाल अत्याधुनिक डिजिटल तथा ठूला वेभ प्रिन्ट्रिङ्ग...
काठमाडौं । मुख्य विपक्षी दल नेपाली कांग्रेसभित्र पछिल्लो समय विकसित भइरहेको शक्ति संघर्षले नयाँ मोड लिएको छ । विशेष महाधिवेशनमार्फत...
हरेक वर्ष असार लागेपछि नेपाली किसानले उहि नियति भोग्नु परेको छ, रासायनिक मलको हाहाकार । मानो रोपेर मुरी उब्जाउने असार...