धरहरा वरपर पुन निर्माणमा रोक – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

धरहरा वरपर पुन निर्माणमा रोक

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र काठमाण्डौं महानगरपालिका बीच धरहरा परिसर र आसपासमा नयाँ संरचना निर्माणमा रोक लगाउँदै हाल बनिरहेका संरचनालाई यथास्थानमै राख्ने सहमति भएको छ ।

प्रमुख कार्यकारी अधिकृत युवराज भूसालको संयोजकत्वमा बुधबार सिंहदरबारमा बसेको प्राधिकरण, महानगरपालिका, पुरातत्व विभाग, गुठी संस्थानसहितको संयुक्त बैठकले बिनाशकारी भूकम्पबाट क्षतिग्रस्त बनेको ऐतिहासिक धरहराको शीघ्र पुनर्निर्माण हुन गइरहेको सन्दर्भमा धरहराको सुन्दरतालाई असर पार्न सक्ने भन्दै यस्तो निर्णय गरेको हो । अर्को सूचना नभएसम्मका लागि हाललाई धरहरा परिसर आसापासमा निर्माण भइरहेका संरचना रोक्का गर्ने निर्णय भएको हो ।

गुठी संस्थानले आफ्नो हकभोगमा रहेको जग्गामा ठेक्कापट्टा लगाएको भए त्यसलाई तोड्न समेत बैठकले निर्देशन दिएको छ । बैठकमा गुठी संस्थानका प्रतिनिधिहरुले आफ्नो हकभोगको जग्गा प्रयोग गर्न पाउनुपर्ने धारणा राखेका थिए । जवाफमा प्रमुख कार्यकारी अधिकृत भूसालले सो सम्बन्धमा नेपाल सरकारले आवश्यक व्यवस्था गर्ने भन्दै तत्कालका लागि संरचना निर्माणको कार्य यथास्थानमै राख्न प्राधिकरणले गुठी संस्थानलाई लिखित रुपमै पत्राचार गर्ने जानकारी गराउनुभयो ।

बैठकमा प्रमुख कार्यकारी अधिकृत भूसालले ती पुनर्निर्माण हुन थालेका जग्गाहरुको हकको बिषयमा नेपाल सरकारलाई आवश्यक परेमा पछि अधिग्रहण वा सट्टापट्टा गर्न सकिनेतर्फ आश्वस्त पार्नुभयो । यसैगरी बैठकमा काठमाडौँ महानगरपालिकाले धरहरा परिसरमा भाडामा लगाएका सम्पूर्ण सटरहरु १५ दिनभित्र खाली गराउने सहमति भएको छ । गोश्वारा हुलाकलगायत संचार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल राष्ट्र बैंक अन्तर्गत रहेका सरकारी कार्यालयलाई स्थानान्तरणका लागि संचार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई अनुरोध गर्ने निर्णय समेत बैठकले गरेको प्राधिकरणका सहसचिव राजुमान मानन्धरले जानकारी दिनु भयो ।

यी सबैको कार्यको नियमित निगरानी गरी स्थानीय प्रशासनले प्राधिकरणलाई आवश्यक सहयोग गर्नेछ । बैठकमा काठमाडौँ महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्य, महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत यादव कोइराला, प्राधिकरणका पदाधिकारीहरु, प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल, गुठी संस्थानका निमित्त प्रमुख दीपक बहादुर पाण्डे, काठमाडौँ महानगरापलिका वडा नम्बर २२ का वडाध्यक्ष चिनकाजी महर्जनलगायतको सहभागिता थियो ।

सम्बन्धित समाचार

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०७५ बैशाख ३१, ०८: ३१

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
  • २०७५ बैशाख ३१, ०८: ३१

नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...

‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
  • २०७५ बैशाख ३१, ०८: ३१

काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र झिँगेदाउ–२ को आधिकारिक पोस्टर सार्वजनिक...