
काठमाडौं । मुख्य प्रशिक्षकको व्यवहारका कारण राष्ट्रिय फुटबल टिमका १० सदस्यले टोलीको क्याम्प छाडेको बताएको तीन दिनपछि अब्दुल्लाह अल्मुताइरीले एन्फालाई पत्र काटेका छन् ।
गत १४ वैशाखमा खेलाडीले क्याम्प छाडेका थिए भने १५ गते स्पष्टीकरण दिन पत्रकार सम्मेलन गरेका थिए । खेलाडीले अब्दुल्लाहको निकै दबाबका बीच टिम छाडेको प्रतिक्रिया दिएका थिए ।
यद्यपि अब्दुल्लाहले एन्फा महासचिव इन्द्रमान तुलाधरलाई पत्र काट्दै खेलाडीले आफूलाई टिम छाड्दै गर्दा थाहा नदिएको बताए ।
कुवेती नागरिक अब्दुल्लाहले आफूले खेलाडीलाई माफी दिएको र एन्फालाई कारबाही नगर्न आग्रह गर्दै महासचिव तुलाधरलाई आइतबार बिहान पत्र बुझाएका हुन् ।
अब्दुल्लाहले टिम बनाउने जिम्मा आफ्नो भएको कारण बाहिर रहेका १० खेलाडीलाई टिममा नबोलाउने र जस्तोसुकै नतिजा आए पनि त्यसको जिम्मेवारी आफूले लिने बताएका छन् ।
काठमाडौं : संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिस गरिएका तीन जनाविरुद्ध उजुरी आह्वान...
काठमाडौं : बागमती प्रदेश सरकारले प्रदेशलाई औपचारिक रूपमा ‘सडक आश्रित सहयोगापेक्षी मानवमुक्त प्रदेश’ घोषणा गरेको छ। सामाजिक विकास मन्त्रालयद्वारा आयोजित...
काठमाडौँ : सर्वोच्च अदालतले सरकारद्वारा गठित ‘सम्पत्ति जाँचबुझ छानबिन आयोग’ को कामकारबाही तत्काल अगाडि नबढाउन अन्तरिम आदेश जारी गरेको छ...