नेपाली सैनिक लिएर गएको वायुसेवा निगमको जहाज मालीमा अलपत्र – Naya Bikalpa
September 13, 2026, Sunday      Epaper

नेपाली सैनिक लिएर गएको वायुसेवा निगमको जहाज मालीमा अलपत्र

काठमाडौं । शान्ति सेनामा खटिएका नेपाली सैनिक लिएर गएको नेपाल वायुसेवा निगमको नाइनएन न्यारोबडी जहाज अफ्रिकाको मालीमा अलपत्र परेको छ ।

काठमाडौंबाट गत बुधबार युद्धग्रस्त पश्चिम अफ्रिकाको माली उडेको जहाज पन्चर भएको एउटा पांग्रा फेर्न नसकेर मालीको गाओ विमानस्थलमा अड्किएको हो । अहिले तिहार मनाउने सपना साँचेर फर्किन लागेका ७५ सैनिक झोलीतुम्बा कसेर उडान कुरिरहेका छन् ।

चालक दलसहित २० कर्मचारी सैनिक ब्यारेकमा बसिरहेको बताइएको छ । निगमको लापरबाहीका कारण चालक दल र फर्किन लागेका सैनिक मालीमा रोकिएका हुन् । जहाज अड्किँदा दैनिक करोडौं घाटा भइरहेको निगमले जनाएको छ ।

एउटा जगेडा पांग्राबिनै जहाज माली उडाइएको थियो । शनिबार काठमाडौंबाट कार्गो गरेर दुइटा पांग्रासहित ६ सय किलोग्राम स्पेयरपार्ट्स दिल्ली हुँदै पठाइएको छ । तर, ती सामग्री कहिले माली पुग्छन् भन्ने यकिन जवाफ अधिकारीसँग छैन ।

निगमको विमान लिएर पाइलट नरबहादुर विश्वकर्मा, मुकेश गुप्ता, कोपाइलट राकेश काफ्ले र मोनिसविक्रम शाह, ६ परिचारिका र ४ परिचारकसहित चालक दलका १४ जना, दुई इन्जिनियर, एक डिस्प्याचर र मार्केटिङ विभागका एक कर्मचारी माली पुगेका हुन् ।

उनीहरू राजधानी बामाकोदेखि ११ सय किलोमिटर पर शान्ति सेनाको आश्रय लिएर बसेका छन् ।

सम्बन्धित समाचार

कृष्णभीरमा एकतर्फी यातायात सुचारु
कृष्णभीरमा एकतर्फी यातायात सुचारु
  • २०७९ कार्तिक ७, ०७: ०६

काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात सुचारु भएको छ । सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा...

सुत्केरी बिदा ९८ दिनबाट ६ महिना पुर्‍याउनुपर्ने मागसहित संसद्‌मा सार्वजनिक महत्वको प्रस्ताव
सुत्केरी बिदा ९८ दिनबाट ६ महिना पुर्‍याउनुपर्ने मागसहित संसद्‌मा सार्वजनिक महत्वको प्रस्ताव
  • २०७९ कार्तिक ७, ०७: ०६

काठमाडौं : महिला कर्मचारी तथा श्रमिकका लागि सुत्केरी बिदा ९८ दिनबाट बढाएर ६ महिना पुर्‍याउनुपर्ने मागसहित प्रतिनिधिसभामा सार्वजनिक महत्वको प्रस्ताव...

सानीभेरीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ९ जना घाइते
सानीभेरीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ९ जना घाइते
  • २०७९ कार्तिक ७, ०७: ०६

रुकुम पश्चिम : रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ को देउता खोलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज...