मंसिर २९ गते प्रधानसेनापति राजेन्द्र क्षत्रीले मध्य पृतना हे.क्वा.सुपारेटार व्यारेकको खेल मैदानमा भएको आठौं संस्करणको ‘सामरी स्ल्याम’ राष्ट्रिय लनटेनिस प्रतियोगिताको समापन समारोहको क्रममा आयोजित फाइनल खेल अवलोकन गर्नुको साथै विजयी खेलाडीहरुलाई पुरस्कार समेत वितरण गरे ।
मध्य पृतना हे.क्वा., अखिल नेपाल लन टेनिस संघ र मकवानपुर लन टेनिस संघले मिति २०७४ मंसिर २५ गतेबाट संयुक्त रुपमा आयोजना गरेको उक्त प्रतियोगितामा पुरुष सिंगल, महिला सिंगल सहित जम्मा ७ विधाहरुमा जम्मा ६५ जना खेलाडीहरुको सहभागिता रहेको थियो । उक्त प्रतियोगिताको पुरुष सिंगल तर्फ संरक्षक भुषण बज्राचार्य तथा महिला सिंगल तर्फ माहिका राणा प्रथम हुनु भएका थिए । सो ‘सामरी स्ल्याम’ लनटेनिस प्रतियोगिताको समापन कार्यक्रममा मध्य पृतना हे.क्वा.का पृतनापति उपरथी प्रभुराम शर्माले समापन मन्तव्य व्यक्त गरेका थिए ।
संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...
नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...
काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र झिँगेदाउ–२ को आधिकारिक पोस्टर सार्वजनिक...