काठमाडाैं । वित्तीय संकट सृजना भएपछि भक्तपुरका व्यवसायीले कर्जाको किस्ता र व्याज बुझाउने अवधि थप गरिदिन सरकारसँंग माग गरेका छन् । इटा उद्योगीहरुले आज नेपाल सरकार अर्थ मन्त्रालय सिंहदरवारसमक्ष माग गरेका हुन ।
प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै उद्याेगीहरूले भौतिक संरचना निर्माणका लागि आबश्यक सामग्री मध्ये ईटा प्रमुख वस्तुमा हाे भन्दै यस्ताे माग गरेका हुन ।
उत्पादित ईटाले देशभर माग परिपूर्ति गर्दै आएको भन्दै ईटा आयात गर्नु पर्ने अवस्था देशमा नरहेको बताएका छन् । सुख्खा याममा संचालन हुने ईटा उद्योग र गरीबीको रेखामुनी रहेका नागरिकलाई रोजगार दिने मौसमी उद्योग रहेको तर्क उनीहरूकाे छ ।
वित्तीय संकटलाई सम्वोधन गरिदिन जिल्ला प्रशासन कार्यालय मार्फत सरकारसमक्ष उद्याेगीले अनुरोध गरेका छन् ।
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...