त्रिशूली नदीमा गाडी खसेको सूचना पाएपछि गोताखोर परिचालन – Naya Bikalpa
October 24, 2026, Saturday      Epaper

त्रिशूली नदीमा गाडी खसेको सूचना पाएपछि गोताखोर परिचालन

काठमाडौं । नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत चितवन इच्छाकामना गाउँपालिका स्थित त्रिशूली नदीमा ‘गाडी खसेको छ।

आज बिहान सवा चार बजेतिर त्रिशूली नदीमा गाडी खसेको मुग्लिन प्रहरीले जनाएको छ । सूचना आएपछि गोताखोरको टोली परिचालन गरिएको मुग्लिन प्रहरीका इन्सपेक्टर विशाल तामाङले बताए ।

गोताखोरको टोली डुंगा लिएर त्रिशूली नदीमा प्रवेश गरेर खोजिरहेको छ । गाडी कहाँबाट कहाँ जाँदै थियो, कस्तो प्रकारको गाडी हो भन्ने खुलेको छैन ।

नदी किनारमा एउटा फलामको टुक्रा र भारतीय नम्बर प्लेट भेटिएपनि अहिलेको हो या पुरानो भन्ने यकिन नभएको इन्सपेक्टर विशाल तामाङले बताए ।

सम्बन्धित समाचार

दसैं मनाएर उपत्यका फर्किने बढ्दै
दसैं मनाएर उपत्यका फर्किने बढ्दै
  • २०८० माघ २, ०८: ४८

काठमाडौं : दसैं मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि उपत्यका भित्रिने प्रमुख नाकाहरूमा सवारी चाप बढ्न थालेको छ...

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर
अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर
  • २०८० माघ २, ०८: ४८

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशंकरबीच बदलिँदो विश्व परिस्थितिमा अन्तरराष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे...

तिब्बतमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १६ जनाको मृत्यु
तिब्बतमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १६ जनाको मृत्यु
  • २०८० माघ २, ०८: ४८

काठमाडौं : चीनको तिब्बतस्थित पहाडी क्षेत्रमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते...