Naya Bikalpa
October 15, 2026, Thursday      Epaper

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले देशको पहाडी भागमा बदली छ भने तराईमा हुस्सु र कुहिरो लागेको छ। बुधबार दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा बदलीको अवस्था रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। ती उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

देशका बाँकी भागमा आज आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ। बिहीबार र शुक्रबार देशको पहाडी भागमा आंशिक देखि साधारणतया बदलीकै सम्भावना छ। भने उच्च पहाडी तथा हिमाली भागमा हिमपातको सम्भावना छ।

सम्बन्धित समाचार

कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदारनरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदारनरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित
  • २०८० माघ ३, ०८: ४६

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित भएका छन्। पाँच पदका...

भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
  • २०८० माघ ३, ०८: ४६

काठमाडौं : चालु आवको भदौ महिनामा दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज...

घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौंबाट बाहिरिए
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौंबाट बाहिरिए
  • २०८० माघ ३, ०८: ४६

काठमाडौं : नेपालीको महान चाड बडादसैं मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौं उपत्यका छाडेका...