दार्चुला । प्रहरीमाथि आक्रमण हुँदा २ जना घाइते भएका छन् । श्रीमतीलाई कुटपिट गरेको उजुरीपछि आरोपीलाई पकाउ गर्न गएका प्रहरीमाथि आक्रमण भएको हो ।
आक्रमणपछि प्रहरी हवल्दार जयबहादुर खड्का र प्रहरी जवान डम्मरबहादुर ठगुन्ना घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले बताए । महाकाली नगरपालिका–१ दहका २५ वर्षीय उमेश कुँवरले उनिहरुमाथी चक्कु प्रहार गरेका हुन् ।
उमेशविरुद्ध श्रीमतीलाई कुटपिट गर्ने गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो । चक्कु प्रहार गरेर फरार भएका कुँवरको खोजी भइरहेको छ । घाइते प्रहरीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ । खड्का र ठगुन्ना दुवै सामुदायिक प्रहरी बाङ्गाबगरमा कार्यरत रहेको बताइएको छ ।
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...