काठमाडौं । द्रुत बस संचालन गरेर जादु गरेजस्तो ठानेका मन्त्री प्रकाश ज्वालाले जनताका दैनिक काम प्रभावकारी बनाउने सपना सपनामै सिमित हुदा चकित बनेका छन् ।
१४ लाख नागरिकलाई सवारी चालक अनुमतिपत्र लाइसेन्ससमेत बाँड्न त के, लाइसेन्स छाप्न पनि सकेको छैन । यातायात क्षेत्रका समस्याबारे छलफल गर्न आइतबार सिंहदरबारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको पहलमा सातै प्रदेशका सचिव, मन्त्रीहरुसँग अन्तरक्रिया सम्पन्न भयो ।
कार्यक्रममा यातायात विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले यातायात क्षेत्रमा भएका काम र समस्याको विवरण प्रस्तुत गरे । देशभर दैनिक चार हजारबढी सवारी चालक अनुमतिपत्रको माग भइरहेका बेला १४ लाख थान लाइसेन्स छाप्नै बाँकी छ ।
६ लाखले स्मार्ट सवारी लाइसेन्स लिएका छन् । प्रदेशमा फरक–फरक सवारी चालक अनुमतिपत्र भएकाले समस्या निक्तिएको भन्दै सिंहदरबारमा चिन्ता प्रकट गरिएको कतिपयले मन्त्रीका ठूला कुरा भनेर व्यङ्ग्य गरे ।
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...