काठमाडौं । पृथ्वी राजमार्गमा पर्ने नागढुंगामा निर्माणाधीन सुरुङमार्ग ‘ब्रेक थ्रु’ आगामी फागुन तेस्रो साता हुने भएको छ ।
सडक विभागमातहत रहेको नागढुंगा सुरुङ परियोजनाका निमित्त आयोजना प्रमुख गोविन्द डुमारुका अनुसार आगामी ६ मार्च २३ फागुनका दिन ‘ब्रेक थ्रु’ गर्ने योजना रहेको छ ।
आयोजनाले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार अब सुरुङ खन्न ५४.६० मिटरमात्र बाँकी छ । मुख्य टनेलतर्फ कुल २ हजार ६ सय ८८ मिटर लामो सुरुङ बन्दैछ ।
जसमध्ये मंगलबारसम्म २ हजार ६ सय ३३.४० मिटर सुरुङ खनिएको छ । रेस्क्यु टनेल ‘ब्रेक थ्रु’ यअघि नै भइसकेको छ ।
यहाँ २ हजार ५ सय ५७ मिटर लामो रेस्क्यु टनेल छ । जसको ७ अगस्ट २०२३ मा ‘ब्रेक थ्रु’ भएको थियो । सुरुङतर्फको भौतिक प्रगति ९९ प्रतिशत पुगेको छ ।
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...