पर्यटन बोर्डका सीईओ रेग्मीको अर्को बदमासी छताछुल्ल – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

पर्यटन बोर्डका सीईओ रेग्मीको अर्को बदमासी छताछुल्ल

काठमाडौं । आर्थिक हिनामिना र बेथितिका पहरेदार ‘कहलिएका’ नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीले कार्यकालमा अर्को बेथिति गरेका छन् ।

सीईओ रेग्मीले सञ्चालक समितिलाई ‘बाइपास’ गरी विनाअनुमति १ करोड रुपैयाँबराबरको प्रवर्द्धनको काम गर्न एकल निर्णय गरेका हुन् । यो काममा सीईओ रेग्मीले उत्तरी छिमेकी चीनको नयाँ वर्ष मनाउने भन्दै स्वविवेकमा १ करोड रुपैयाँ छुट्ट्याएर कार्यक्रम कार्यान्वयन समितिसमेत बनाएका छन् ।

बोर्डमा बेथितिका चाङ लगाएका सीईओ रेग्मीको चार वर्षे कार्यकाल माघ १४ मा सकिँदै छ । यहि मौकामा थप बेथिति गर्न उद्दत रेग्मीले काठमाडौंस्थित चिनियाँ दूतावासको आवश्यक समन्वय तथा सहकार्यमा गर्ने भनिएको ‘ज्वाइन्ट प्रमोसन, डेस्टिनेसन प्रमोसन’ कार्यक्रमको बजेट नै तितरवितर पारेका हुन् ।

चिनियाँ दूतावाससँगको आवश्यक समन्वय तथा सहकार्यमा ज्वाइन्ट प्रमोसन, डेस्टिनेसन प्रमोसनको काम गर्न ३ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको थियो ।

पर्यटन बोर्डले चिनियाँ दूतावाससँग समन्वय गर्न तालुक मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन हुँदै परराष्ट्र मन्त्रालय पुग्नुपर्छ ।

३ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको बजेट संयुक्त प्रवर्द्धन वा गन्तव्य प्रवर्द्धनका काममा खर्च गर्ने उद्देश्य छ । तर, सीईओ रेग्मीले उक्त बजेटको ठूलो हिस्सा चिनियाँ नयाँ वर्षका कार्यक्रम काठमाडौंलगायत स्थानमा मनाउन खर्च गर्ने प्रक्रियालाई मूर्तरूप दिन लागेका छन् ।

सम्बन्धित समाचार

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० माघ १२, २२: ४२

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

विधानको पालना सबैका लागि समान हुनुपर्छ, समय र स्वार्थ  अनुसार हुनु हदैन ।
विधानको पालना सबैका लागि समान हुनुपर्छ, समय र स्वार्थ अनुसार हुनु हदैन ।
  • २०८० माघ १२, २२: ४२

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० माघ १२, २२: ४२

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...