रौतहट । प्रहरीले ठूलो परिमाणमा अबैध घरेलु मदिरा नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय गौरले २ सय ९० लिटर अबैध घरेलु मदिरा नष्ट गरेको हो ।
भारत तर्फ लैजादै गरेको अवस्थामा यमुनामाई गाउँपालिका वडा नं ४ मा उक्त मदिरा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ ।
प्रहरी गस्ती टोलीले चेकजाँचको क्रममा उक्त २ सय ९० लिटर अबैध घरेलु मदिरा बरामद गरेको थियो । बरामद गरिएको उक्त मदिरा सोमवार जिल्ला प्रहरी कार्यालयको प्रांगणमा स्थानीय,
सञ्चारकर्मी र प्रहरी प्रशासनको रोहवरमा नष्ट गरिएको प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक डिएसपी एलिजा गिरीले बताइन् ।
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...