उद्धवकुमार घिमिरे
संसारमा धेरै किसिमका पुस्तकहरु लेखिन्छन । तर बस्तु शास्त्र ज्योतिषी शास्त्र, धर्म शास्त्र, योग शास्त्र तथा मनोबैज्ञानिक पक्षलाई समेत समेटी हामीलाई अति उपयोगी हुने पुस्तकहरु भने निकै कम लेखिन्छन् । तर अहिले नपालमा भने यिनै विषयहरुलाई एकै पुस्तकमा समावेस गरी लेखक तथा प्रकाशक उद्धवकुमार घिमिरेले सबैको, सधैको साथी पुस्तक लेखेका छन । हिरादेवी नेपाल प्रकाशक र विश्व स्वतन्त्र संचारले मुद्रण तथा वितरण गरेको यो पुस्तक बजारमा रुचाइएको पुस्तक मध्ये को हो । व्यक्तिगत तिन सय र संस्थागत पाँच सय मूल्य रहेको सो पुस्तक निकै विव्रmी भएकोले सर्वाधिक बिव्रmीको नम्वर एक पुरस्कार समेत प्राप्त गर्न सफल भएको छ । सर्वाधिक रुचाइएको, लाखौ पाठकको मन जितेको उक्त पुस्तक सरल भाषा, शैलीमा लेखिएको छ । मानवीय रुचीका अति आवश्यक विषयहरु समावेश भएको यो पुस्तक पढ्नु पर्ने पुस्तक मानिन्छ । सो पुस्तकमा लेखक तथा प्रकाशक उद्धवकुमार घिमिरेले विवाह सम्वन्धी जानकारी, घर निर्माण, किनवेच गर्दा अपनाउनु पर्ने सर्तकताहरु, सफलताको लागि पुज्नु पर्ने देवी–देवताहरु खानपान सम्बन्धी ध्यान दिनुपर्ने पक्षहरु लगायतका विषयहरुको राम्रो प्रस्तुति दिएका छन् । यसैगरी वस्तुशास्त्रीय विचार, ज्ञान, जीवन उपयोगी मन्त्र, सातबारको पुजा प्राथना श्राद सम्बन्धी जान्ने पर्ने कुराहरु, राशी अनुसाको मन्त्र र इष्ट देवता, धार्मिक दृष्टिले अङको महत्व, राशी ज्ञान जस्ता विषयहरु पनि समावेश छन् । योग र योगा गर्ने कार्यहरु, मानव शरीरमा कोठीको महत्व, कुन महिनामा लाख वत्ती बाल्नु राम्रो हुन्छ, कुन महिनामा के फल प्राप्त हुन्छ ? भाग्यमानीका वत्तीस लक्षणहरु, हामीले त्याग्नै पर्ने गलत अवधारणहरु, अरुलाई कसरी आफूप्रति आकर्षित गर्ने, सफल नेतृत्व कसरी गर्ने लगायतका विषयहरुलाई ज्ञानवद्र्धक रोचक ढंगबाट लेखकले प्रस्तुत गरेका छन् । यस्तै विद्यार्थीको गुणहरु, दीर्धायू रहने शुत्रहरु, सत्य भनाईहरुका साथसाथै हाम्रो मानसिक अवस्था सम्बन्धी विभिन्न विषयहरु पनि यो पुस्तकमा उल्लेख गरिएका छन् ।
उक्त यस्ता विषयहरु समावेस भएको कारण सबैका लागि यो पुस्तक पढन उपयोगी छ । यो पुस्तक विश्व स्वतन्त्र सञ्चार कार्यलयमा आउने पाठकहरुलाई दुई सय बरावरको आकर्षक उपहार समेत प्रदान गरिने योजना छ । यस कारण खोजी–खोजी भए पनि यो पुस्तक किन्ने गरेको देखिन्छ । सरल, रोचक ढंगबाट यस्तो हरेक विषयहरुलाई समेटी पुस्तक प्रकाशित हुनु भनेको निकै सराहनीय कार्य भएको समिक्षकहरु बताउँछन । धार्मिक, सास्कृतिक, ज्योतिषी, मानवीय मन, समवेदना वुझेका यस्ता विषयहरुमा गहन अध्ययन गरेका लेखक, प्रकाशक उद्धवकुमार घिमिरेको राम्रो जानकारीमूलक प्ुस्तक हो । यो पुस्तकले लेखकको अध्ययनशीलता, विविध विषयमा ज्ञाताको रुपमा स्थापित गरेको छ । विविधतापूर्ण विषयका ज्ञाता, वर्तमान समयमा पाठकको माग, चाहना के छ भन्ने वुझेका, हरेक विषयकलाई सरल भाषा शैलीमा सहज ढंगमा पानी वगे झै सल्ल् वग्न सक्ने खुवी भएका लेखकको रुपमा यो पुस्तकले स्थापित गरिदिएको छ । यस्ता विशेषताहरु भएतापनि लेखक तथा प्रकाशक केही कुरामा भने चुकेका छन् ।
संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...
नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...
काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र झिँगेदाउ–२ को आधिकारिक पोस्टर सार्वजनिक...