स्वीस बारमा आगलागी: ४० जनाको मृत्यु, ११५ जना घाइते – Naya Bikalpa
October 24, 2026, Saturday      Epaper

स्वीस बारमा आगलागी: ४० जनाको मृत्यु, ११५ जना घाइते

काठमाडौँ । नयाँ वर्षको पूर्वसन्ध्यामा स्विट्जरल्याण्डको एक बारमा भएको विस्फोटपछिको आगलागीमा करिब ४० जनाको मृत्यु र ११५ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गर्दै घाइतेमध्ये ६० जनाको सायन अस्पतालमा उपचार भइरहेको र बाँकीलाई अन्य अस्पतालमा भर्ना गरिएको जनाएको छ। अधिकारीहरूका अनुसार घाइतेहरूमध्ये धेरैको अवस्था गम्भीर छ।

भालिस क्षेत्रको उक्त पर्यटकीय स्थलमा आगो निभाउन रातभर १३ वटा हेलिकप्टर, ४२ वटा एम्बुलेन्स र १५० आपतकालीन उद्धारकर्मी खटाइएका थिए । मृतक र घाइतेको ठ्याक्कै संख्या अझै पनि यकिन हुनसकिरहेको छैन । यद्यपि कम्तीमा ४० जनाको मृत्यु भएको स्थानीय प्रहरीले पुष्टि गरेको छ

स्वीजरल्याण्डका राष्ट्रपतिले यस घटनालाई देशले अहिलेसम्म सामना गरेको सबैभन्दा ठूलो त्रासदीहरू मध्ये एक भनेका छन् । आगलागीको कारण अझै पुष्टि भएको छैन । प्रहरीले यो घटना आतंकवादी घटना नभएको स्पष्ट गरेको छ ।  तर महान्यायाधिवक्ता बीट्रिस पिलोदले पत्रकारहरूको प्रश्नमा ती दाबीहरूलाई अस्वीकार गर्दै अनुसन्धान जारी रहेको बताएका छन्।

सम्बन्धित समाचार

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
  • २०८२ पुष १८, १३: ५४

चितवन : कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय...

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
  • २०८२ पुष १८, १३: ५४

कास्की : पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो...

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०८२ पुष १८, १३: ५४

काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका कारण हिमाली र पहाडी भूभागमा...