जिम्बाब्वेका प्रमुख विपक्षी नेता मोरगेन चाङ्गिराइको निधन भएको छ । ६५ वर्षीय पूर्वप्रधानमन्त्री चाङ्गिराइ क्यान्सरपीडित थिए र दक्षिण अफ्रिकास्थित एउटा अस्पतालमा उनको उपचार भइरहेको थियो । मुभमेन्ट फर डेमोक्र्याटिक चेन्ज (एमडीसी) का उपसभापति एलियास मुड्जुरीले “बुधवार साँझ उनको निधन भएको परिवार स्रोतले जानकारी दिएको बताए ।
चाङ्गिराइको निधन भएको घोषणा गर्दै मुड्जुरीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन, “हामीले हाम्रा उदाहरणीय र लोकतन्त्रका योद्धालाई गुमायौं । चाङ्गिराइ र उनले स्थापना गरेको एमडीसी पार्टीले पूर्वराष्ट्रपति रोबर्ट मुगाबे सत्तामा रहेका बेला उनलाई निरन्तर चुनौती दिइरहे । चाङ्गिराइ र उनका समर्थकहरूले कैयौँ वर्षसम्म मुद्दा खेप्नुप¥यो भने चाङ्गिराइ पूर्वराष्ट्रपति मुगाबेविरूद्ध एउटा लामो राजनीतिक संघर्ष गरे । उनीमाथि पटक(पटक कुटपिट गरिएको थियो र जेल पठाइएको थियो ।
सन् २००८ मा गठबन्धन सरकारमा सहभागी हुने चाङ्गिराइको निर्णयले वर्षौदेखिको उच्च मुद्रास्फितिपछि देशको अर्थतन्त्रलाई स्थिर बनाउन सघाएको थियो । मुगाबेका उत्तराधिकारी एमर्सन मनाङग्याग्वाविरूद्ध यसै वर्ष हुने चुनावमा एमडीसीको तर्फबाट पार्टीका कसले नेतृत्व गर्ने भन्ने विवाद रहिआएको छ । हुन त उनले मुगाबेलाई पदबाट च्युत गर्न सकेनन् तर लामो समयदेखिका आफ्ना प्रतिद्वन्द्वीको पतन चाहिँ हेर्न भ्याएका थिए ।
काठमाडौं : उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा कम समयको अन्तरमा आएका दुई शक्तिशाली भूकम्पले व्यापक जनधनको क्षति पुर्याएको छ...
काठमाडौं । भेनेजुएलामा आएका दुई शक्तिशाली भूकम्पपछि हालसम्म कम्तीमा १३८ वटा परकम्प गएको पुष्टि भएको छ। घटनामा मृत्यु हुनेको संख्या...
काठमाडौं : भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२ जनाको मृत्यु भएको तथा ७ सय जनाभन्दा बढी घाइते भएका छन्...