जिम्बाब्वेका पूर्वप्रधानमन्त्रीको निधन – Naya Bikalpa
October 14, 2026, Wednesday      Epaper

जिम्बाब्वेका पूर्वप्रधानमन्त्रीको निधन

जिम्बाब्वेका प्रमुख विपक्षी नेता मोरगेन चाङ्गिराइको निधन भएको छ । ६५ वर्षीय पूर्वप्रधानमन्त्री चाङ्गिराइ क्यान्सरपीडित थिए र दक्षिण अफ्रिकास्थित एउटा अस्पतालमा उनको उपचार भइरहेको थियो । मुभमेन्ट फर डेमोक्र्याटिक चेन्ज (एमडीसी) का उपसभापति एलियास मुड्जुरीले “बुधवार साँझ उनको निधन भएको परिवार स्रोतले जानकारी दिएको बताए ।

चाङ्गिराइको निधन भएको घोषणा गर्दै मुड्जुरीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन, “हामीले हाम्रा उदाहरणीय र लोकतन्त्रका योद्धालाई गुमायौं । चाङ्गिराइ र उनले स्थापना गरेको एमडीसी पार्टीले पूर्वराष्ट्रपति रोबर्ट मुगाबे सत्तामा रहेका बेला उनलाई निरन्तर चुनौती दिइरहे । चाङ्गिराइ र उनका समर्थकहरूले कैयौँ वर्षसम्म मुद्दा खेप्नुप¥यो भने चाङ्गिराइ पूर्वराष्ट्रपति मुगाबेविरूद्ध एउटा लामो राजनीतिक संघर्ष गरे । उनीमाथि पटक(पटक कुटपिट गरिएको थियो र जेल पठाइएको थियो ।

सन् २००८ मा गठबन्धन सरकारमा सहभागी हुने चाङ्गिराइको निर्णयले वर्षौदेखिको उच्च मुद्रास्फितिपछि देशको अर्थतन्त्रलाई स्थिर बनाउन सघाएको थियो । मुगाबेका उत्तराधिकारी एमर्सन मनाङग्याग्वाविरूद्ध यसै वर्ष हुने चुनावमा एमडीसीको तर्फबाट पार्टीका कसले नेतृत्व गर्ने भन्ने विवाद रहिआएको छ । हुन त उनले मुगाबेलाई पदबाट च्युत गर्न सकेनन् तर लामो समयदेखिका आफ्ना प्रतिद्वन्द्वीको पतन चाहिँ हेर्न भ्याएका थिए ।

सम्बन्धित समाचार

साउदी अरबका विमानस्थलमा हुथी विद्रोहीको भीषण शृङ्खलाबद्ध आक्रमण: १८ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते
साउदी अरबका विमानस्थलमा हुथी विद्रोहीको भीषण शृङ्खलाबद्ध आक्रमण: १८ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते
  • २०७४ फाल्गुन ७, ०६: ३६

काठमाडौँ — यमनका इराननिकट हुथी विद्रोहीहरूले साउदी अरबका विभिन्न रणनीतिक क्षेत्रहरूलाई निशाना बनाउँदै भीषण र शृङ्खलाबद्ध हवाई आक्रमण सुरु गरेका...

युक्रेनमाथि रुसको भीषण हमला: ३ बालबालिकासहित १२ को मृत्यु, ऊर्जा र यातायात क्षेत्रमा ठूलो क्षति
युक्रेनमाथि रुसको भीषण हमला: ३ बालबालिकासहित १२ को मृत्यु, ऊर्जा र यातायात क्षेत्रमा ठूलो क्षति
  • २०७४ फाल्गुन ७, ०६: ३६

काठमाडौँ — रुसले युक्रेनको राजधानी किभसहित एक दर्जनभन्दा बढी क्षेत्रहरूमा रातभरिदेखि बुधबारसम्म भीषण मिसाइल र ड्रोन आक्रमण गरेको छ। रुसको...

नाइजेरियामा वायुसेनाको विमान दुर्घटना, २५ जनाको मृत्यु भएपछि ३ दिने राष्ट्रिय शोक घोषणा
नाइजेरियामा वायुसेनाको विमान दुर्घटना, २५ जनाको मृत्यु भएपछि ३ दिने राष्ट्रिय शोक घोषणा
  • २०७४ फाल्गुन ७, ०६: ३६

काठमाडौँ — नाइजेरियाको दक्षिणी ओन्डो राज्यमा नाइजेरियाली वायुसेनाको एटीआर–४२ (ATR-42) विमान दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ। वायुसेनाका अनुसार...