अमेरिकामा बन्दुकबारे छलफल – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

अमेरिकामा बन्दुकबारे छलफल

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बन्दुकको प्रयोग गर्ने पाउने कानुनमा कडाई गर्न निर्देशन दिएका छन् । खासगरी बम्प–स्टक (अर्धस्वचालित राइफलबाट एकै मिनेटमा सयौं राउन्ड गोली चलाउन मिल्ने उपकरण)को प्रयोगमा प्रतिवन्ध लगाउनुपर्ने उनी बताउँछन् ।

ह्वाइटहाउसमा बोल्दै ट्रम्पले त्यससम्बन्धी कानुन बनाउन कानुन मन्त्रालयलाई निर्देशन दिइसकेको बताए । उक्त उपकरण अमेरिकामा करिब एक सय डलरमा पाईन्छ । सो उपकरण प्रयोग गरेर एक बन्दुकधारीले गत वर्ष लासभेगासमा ५८ जनाको ज्यान लिएका थिए ।

हालै एक विद्यालयमा पनि बन्दुकधारीले आक्रमण गर्दा १७ जनाको मृत्यु भएको थियो । स्कुले विद्यार्थी गोलीको निशाना बनेपछि अमेरिकामा बन्दुक राख्न दिने कि नदिने भन्ने विषयमा बहस सिर्जना भएको छ । यसैबीच अमेरिकामा स्कूलमा बन्दूक आतंक रोक्न विद्यालयका शिक्षक–शिक्षिकालाई बन्दूक साथमा राख्न लगाउने उपाय समेत सुझाएका छन् ।

सम्बन्धित समाचार

भेनेजुएला भूकम्प : मृतकको संख्या २३५ पुग्यो
भेनेजुएला भूकम्प : मृतकको संख्या २३५ पुग्यो
  • २०७४ फाल्गुन १४, ०८: २९

काठमाडौं : उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा कम समयको अन्तरमा आएका दुई शक्तिशाली भूकम्पले व्यापक जनधनको क्षति पुर्‍याएको छ...

भेनेजुएलामा शक्तिशाली भूकम्प : १८८ जनाको मृत्यु, १३८ परकम्प पुष्टि
भेनेजुएलामा शक्तिशाली भूकम्प : १८८ जनाको मृत्यु, १३८ परकम्प पुष्टि
  • २०७४ फाल्गुन १४, ०८: २९

काठमाडौं । भेनेजुएलामा आएका दुई शक्तिशाली भूकम्पपछि हालसम्म कम्तीमा १३८ वटा परकम्प गएको पुष्टि भएको छ। घटनामा मृत्यु हुनेको संख्या...

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७ सय बढी घाइते
भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७ सय बढी घाइते
  • २०७४ फाल्गुन १४, ०८: २९

काठमाडौं : भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२ जनाको मृत्यु भएको तथा ७ सय जनाभन्दा बढी घाइते भएका छन्...