अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बन्दुकको प्रयोग गर्ने पाउने कानुनमा कडाई गर्न निर्देशन दिएका छन् । खासगरी बम्प–स्टक (अर्धस्वचालित राइफलबाट एकै मिनेटमा सयौं राउन्ड गोली चलाउन मिल्ने उपकरण)को प्रयोगमा प्रतिवन्ध लगाउनुपर्ने उनी बताउँछन् ।
ह्वाइटहाउसमा बोल्दै ट्रम्पले त्यससम्बन्धी कानुन बनाउन कानुन मन्त्रालयलाई निर्देशन दिइसकेको बताए । उक्त उपकरण अमेरिकामा करिब एक सय डलरमा पाईन्छ । सो उपकरण प्रयोग गरेर एक बन्दुकधारीले गत वर्ष लासभेगासमा ५८ जनाको ज्यान लिएका थिए ।
हालै एक विद्यालयमा पनि बन्दुकधारीले आक्रमण गर्दा १७ जनाको मृत्यु भएको थियो । स्कुले विद्यार्थी गोलीको निशाना बनेपछि अमेरिकामा बन्दुक राख्न दिने कि नदिने भन्ने विषयमा बहस सिर्जना भएको छ । यसैबीच अमेरिकामा स्कूलमा बन्दूक आतंक रोक्न विद्यालयका शिक्षक–शिक्षिकालाई बन्दूक साथमा राख्न लगाउने उपाय समेत सुझाएका छन् ।
काठमाडौँ — यमनका इराननिकट हुथी विद्रोहीहरूले साउदी अरबका विभिन्न रणनीतिक क्षेत्रहरूलाई निशाना बनाउँदै भीषण र शृङ्खलाबद्ध हवाई आक्रमण सुरु गरेका...
काठमाडौँ — रुसले युक्रेनको राजधानी किभसहित एक दर्जनभन्दा बढी क्षेत्रहरूमा रातभरिदेखि बुधबारसम्म भीषण मिसाइल र ड्रोन आक्रमण गरेको छ। रुसको...
काठमाडौँ — नाइजेरियाको दक्षिणी ओन्डो राज्यमा नाइजेरियाली वायुसेनाको एटीआर–४२ (ATR-42) विमान दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ। वायुसेनाका अनुसार...