उत्तर कोरियाको सहयोग सिरियालाई – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

उत्तर कोरियाको सहयोग सिरियालाई

उत्तर कोरियाले रासायनिक अस्त्र निर्माणमा प्रयोग हुन सक्ने सामानहरू सिरियालाई पठाइरहेको आरोप अमेरिकाले लगाएको छ । संयुक्त राष्ट्रसंघका विज्ञहरूले निकालेका नतिजाहरूलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले उत्तर कोरियाले अम्ल–प्रतिरोधी टायल, भल्स र पाइपहरू पठाएको हो । राष्ट्रसंघको सार्वजनिक भइनसकेको प्रतिवेदनमा प्योङयाङका क्षेप्यास्त्र विशेषज्ञहरू सिरियाली अस्त्र निर्माण कारखानाहरूमा देखिएको उल्लेख गरिएको छ ।

सिरियाली फौजले क्लोरिन ग्यास प्रयोग गरिएको भन्ने नयाँ रिपोर्ट सार्वजनिक भएसँगै अमेरिकी सञ्चारमाध्यले पछिल्लो खबर बाहिर ल्याएका हुन् । सिरियाली सरकारले क्लोरिन ग्यास प्रयोग गरेको कुरा अस्वीकार गर्दै आएको छ । उत्तर कोरियाले सिरियाले गैरकानूनी रूपमा उच्च ताप खप्ने, अम्ल–प्रतिरोधी टायलहरू, खिया नलाग्ने भल्भ र थर्मो्मिटर लगायतका सामग्री पठाएको बताइएको छ । एउटा चिनियाँ कम्पनीमार्फत सन् २०१६ को अन्त्य र २०१७ को शुरूतिर पाँच खेप त्यस्ता सामग्रीहरू सिरिया पु¥याइएको बताइएको छ । केही वर्षयता सिरिया पठाइने गरिएका सामनानहरु त्यो हिस्सा भएको बताइएको छ ।
सिरियाको सरकारी निकाय ’द साइन्टिफिक स्टडिज एण्ड रिसर्च सेन्टर’ले कैयौँ कम्पनीमार्फत उत्तर कोरियालाई भुक्तानी गरेको समाचार सार्वजनिक भएका छन् । पछिल्लो साता सिरियामा पाँच सय बढीले ज्यान गुमाइ सकेका छन् भने ज्यान गुमाउनेमा अधिकांश बालबालिका रहेका छन् । रुस र उत्तर कोरियाली राष्ट्रपति बसर अल असादले सिरियामा हमला गरेको आरोप लगाउँदै अमेरिका स्वयंले सिरियामा हवाई गरेको हो । सोही आक्रमणमा सयौंको ज्यान गएको हो ।

सम्बन्धित समाचार

भेनेजुएला भूकम्प : मृतकको संख्या २३५ पुग्यो
भेनेजुएला भूकम्प : मृतकको संख्या २३५ पुग्यो
  • २०७४ फाल्गुन २१, ०९: १८

काठमाडौं : उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा कम समयको अन्तरमा आएका दुई शक्तिशाली भूकम्पले व्यापक जनधनको क्षति पुर्‍याएको छ...

भेनेजुएलामा शक्तिशाली भूकम्प : १८८ जनाको मृत्यु, १३८ परकम्प पुष्टि
भेनेजुएलामा शक्तिशाली भूकम्प : १८८ जनाको मृत्यु, १३८ परकम्प पुष्टि
  • २०७४ फाल्गुन २१, ०९: १८

काठमाडौं । भेनेजुएलामा आएका दुई शक्तिशाली भूकम्पपछि हालसम्म कम्तीमा १३८ वटा परकम्प गएको पुष्टि भएको छ। घटनामा मृत्यु हुनेको संख्या...

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७ सय बढी घाइते
भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७ सय बढी घाइते
  • २०७४ फाल्गुन २१, ०९: १८

काठमाडौं : भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२ जनाको मृत्यु भएको तथा ७ सय जनाभन्दा बढी घाइते भएका छन्...