श्रीलंका । श्रीलंकाको सञ्चार विभागले फेसबुक, भाइबर, वाट्सएप जस्ता सामाजिक सञ्जाललाई थप हिंसा रोक्न भन्दै देशभर बन्द गराउने निर्णय गरेको छ । मुलुकमा अनावश्यक विवाद र हिंसा भड्किनबाट जोगाउन यस्तो निर्णय सेवा प्रदान गर्ने श्रींलकाले जनाएको छ । श्रींलकाको सरकारले गत साता सेवा प्रदान गर्ने कम्पनीहरुलाई सामाजिक सञ्जालका नेटवर्कहरु तत्कालै बन्द गर्न लगाएको हो ।
वास्तवमा फेसबुकमार्फत केही व्यक्तिले मुसल्मानमाथि हमला गर्ने योजना बनाइरहेको देखिएपछि सरकार उक्त निर्णय लिन बाध्य भएको जनाइएको छ । सञ्चार विभागका प्रमुखले फेसबुक, भाइबर र वाट्सएप ७२ घण्टाका लागि बन्द गराइनेबारे सम्पूर्ण प्रयोगकर्तालाई जानकारी गराएको बताए ।
मंगलबार मात्र सरकारले मुसलमान र बौद्ध धर्मीबीच तनाव बढ्दै गएपछि थप समस्या उत्पन्न हुन नदिन १० दिनसम्म संकटकाल लागु गर्ने घोषणा गरेको थियो । केन्डी शहरबाट सुरु भएको झगडापछि बौद्ध धर्म मान्ने मानिसले मुसलमानको व्यवसाय र मस्जिदमा आगो लगाइदिँदा मंगलबार एक मुसलमान युवकको मृत्यु समेत भएको थियो ।
काठमाडौं : उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा कम समयको अन्तरमा आएका दुई शक्तिशाली भूकम्पले व्यापक जनधनको क्षति पुर्याएको छ...
काठमाडौं । भेनेजुएलामा आएका दुई शक्तिशाली भूकम्पपछि हालसम्म कम्तीमा १३८ वटा परकम्प गएको पुष्टि भएको छ। घटनामा मृत्यु हुनेको संख्या...
काठमाडौं : भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२ जनाको मृत्यु भएको तथा ७ सय जनाभन्दा बढी घाइते भएका छन्...