हिंसा रोक्न सामाजिक सञ्जाल प्रतिबन्धित – Naya Bikalpa
October 14, 2026, Wednesday      Epaper

हिंसा रोक्न सामाजिक सञ्जाल प्रतिबन्धित

श्रीलंका । श्रीलंकाको सञ्चार विभागले फेसबुक, भाइबर, वाट्सएप जस्ता सामाजिक सञ्जाललाई थप हिंसा रोक्न भन्दै देशभर बन्द गराउने निर्णय गरेको छ । मुलुकमा अनावश्यक विवाद र हिंसा भड्किनबाट जोगाउन यस्तो निर्णय सेवा प्रदान गर्ने श्रींलकाले जनाएको छ । श्रींलकाको सरकारले गत साता सेवा प्रदान गर्ने कम्पनीहरुलाई सामाजिक सञ्जालका नेटवर्कहरु तत्कालै बन्द गर्न लगाएको हो ।

वास्तवमा फेसबुकमार्फत केही व्यक्तिले मुसल्मानमाथि हमला गर्ने योजना बनाइरहेको देखिएपछि सरकार उक्त निर्णय लिन बाध्य भएको जनाइएको छ । सञ्चार विभागका प्रमुखले फेसबुक, भाइबर र वाट्सएप ७२ घण्टाका लागि बन्द गराइनेबारे सम्पूर्ण प्रयोगकर्तालाई जानकारी गराएको बताए ।

मंगलबार मात्र सरकारले मुसलमान र बौद्ध धर्मीबीच तनाव बढ्दै गएपछि थप समस्या उत्पन्न हुन नदिन १० दिनसम्म संकटकाल लागु गर्ने घोषणा गरेको थियो । केन्डी शहरबाट सुरु भएको झगडापछि बौद्ध धर्म मान्ने मानिसले मुसलमानको व्यवसाय र मस्जिदमा आगो लगाइदिँदा मंगलबार एक मुसलमान युवकको मृत्यु समेत भएको थियो ।

सम्बन्धित समाचार

साउदी अरबका विमानस्थलमा हुथी विद्रोहीको भीषण शृङ्खलाबद्ध आक्रमण: १८ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते
साउदी अरबका विमानस्थलमा हुथी विद्रोहीको भीषण शृङ्खलाबद्ध आक्रमण: १८ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते
  • २०७४ फाल्गुन २८, ०९: ००

काठमाडौँ — यमनका इराननिकट हुथी विद्रोहीहरूले साउदी अरबका विभिन्न रणनीतिक क्षेत्रहरूलाई निशाना बनाउँदै भीषण र शृङ्खलाबद्ध हवाई आक्रमण सुरु गरेका...

युक्रेनमाथि रुसको भीषण हमला: ३ बालबालिकासहित १२ को मृत्यु, ऊर्जा र यातायात क्षेत्रमा ठूलो क्षति
युक्रेनमाथि रुसको भीषण हमला: ३ बालबालिकासहित १२ को मृत्यु, ऊर्जा र यातायात क्षेत्रमा ठूलो क्षति
  • २०७४ फाल्गुन २८, ०९: ००

काठमाडौँ — रुसले युक्रेनको राजधानी किभसहित एक दर्जनभन्दा बढी क्षेत्रहरूमा रातभरिदेखि बुधबारसम्म भीषण मिसाइल र ड्रोन आक्रमण गरेको छ। रुसको...

नाइजेरियामा वायुसेनाको विमान दुर्घटना, २५ जनाको मृत्यु भएपछि ३ दिने राष्ट्रिय शोक घोषणा
नाइजेरियामा वायुसेनाको विमान दुर्घटना, २५ जनाको मृत्यु भएपछि ३ दिने राष्ट्रिय शोक घोषणा
  • २०७४ फाल्गुन २८, ०९: ००

काठमाडौँ — नाइजेरियाको दक्षिणी ओन्डो राज्यमा नाइजेरियाली वायुसेनाको एटीआर–४२ (ATR-42) विमान दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ। वायुसेनाका अनुसार...