अन्तरिक्ष सम्बन्धी विभिन्न रहस्य पत्ता लगाउन सफल बेलायतका वैज्ञानिक स्टेफन हकिङको ७६ वर्षको उमेरमा गत बुधबार निधन भएको छ । विशेषगरी ब्ल्याक होल र रिलेटिभीटीका बारेमा धेरै सिद्धान्त प्रस्तुत गरिसकेका हकिङ २२ वर्षको उमेरमा नै गम्भीर रोगको शिकार बनेका थिए ।
दुर्लभ मोटोर न्युरोनसम्बन्धी रोगका कारण हकिङलाई त्यसबेला केवल २ वर्षको समयमात्र दिइएको थियो । तर पनि उनले जीवनका लािग नियमित लडाइँ लडिरहे र अन्तिम समयसम्म पनि हार मानेनन् । गम्भीर रोगका बावजुद जीवनभर आफूले जतिसक्दो साधारण जीवन जिउने प्रयास गरेको बताउने हकिङले आफ्नो काम र अनुसन्धानमै आफ्नो जीवन बिताए ।
ह्विलचेयरको सहारामा जिवन बिताएका स्टेफेन विश्वभर प्रेरणाका स्रोत बने । सन् १९९८ मा १ करोडभन्दा बढी कपी बिक्री भएको उनको किताब ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ त्यस समयको सर्वाधिक चर्चित किताब बन्न पुगेको थियो । दुईपटक विवाह गरेका हकिङका तीन छोराछोरी लुसी, टिम र रोबर्टले छन् । मेसिनको सहायताले बोल्ने हकिङ मेहनती र नियमित प्रयास गर्ने व्यक्तित्वको रुमा पनि चिनिन्छन् । जिवनभर व्यक्ति ठूलो योगदान पु¥याएपनि उनले नोबेल पुरस्कार पाएनन् । स्कुले जीवनमा हकिङ नजान्ने विद्यार्थीमध्येमा गनिन्थे ।
स्कुल पढ्दाताका उनी घरको भित्तेघडी र रेडियो खोलेर फेरि बनाउन रुचाउँथे, तर त्यसलाई जोडेर पूर्वावस्थामा ल्याउन सक्दैैनथ्ये ।सबैभन्दा बढी अध्ययन उनले ब्ल्याक होलबारे गरेका थिए । २२ वर्षको उमेरमै उनलाई स्नायुसम्बन्धी रोग लागेको थियो । हकिङले दुई पटक बिहे गरे तर, दुवै असफल भयो । उनको आत्मसंस्मरण ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ बेस्ट सेलर पुस्तक हो ।
काठमाडौं : उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा कम समयको अन्तरमा आएका दुई शक्तिशाली भूकम्पले व्यापक जनधनको क्षति पुर्याएको छ...
काठमाडौं । भेनेजुएलामा आएका दुई शक्तिशाली भूकम्पपछि हालसम्म कम्तीमा १३८ वटा परकम्प गएको पुष्टि भएको छ। घटनामा मृत्यु हुनेको संख्या...
काठमाडौं : भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२ जनाको मृत्यु भएको तथा ७ सय जनाभन्दा बढी घाइते भएका छन्...