सद्दाम हुसेनलाई ठूला–ठूला मस्जित बनाउने पनि सोख रहेको बताइन्छ । उनले मध्य बगदादमा बनाएका ‘उम्म अल मारीक’ नाम दिइएको मस्जिद निकै भव्य थियो । सन् २००१ मा सद्दाम हुसेनको जन्मदिनका अवसरमा सद्दामले उक्त मस्जिद बनाएका थिए । मस्जिदको टुप्पो स्कड मिसाइलबाट बनाइएको थियो । सो मिसाइल अरब युद्धको समयमा इजरायलमा खसालिएको थियो । ‘अपरेसन डिजर्ट स्टोर्म’ नाम दिइएको त्यो मिसन ४३ दिनसम्म चलेको थियो । त्यसैको सम्झनास्वरुप मस्जिदको मिनारको उचाई ४३ मिटर नै राखिएको थियो ।
सद्दाम हुसेनको जीवनी लेख्ने कोन कफलिनले ‘सद्दामले बनाएको एउटा मस्जिदमा रगतले लेखिएको एउटा कुरान राखिएको र त्यस कुरानको ६०५ पृष्ठ मानिसहरुकालाई देखाउनका लागि एउटा सिसाको बाकसमा राखिएको बताउँछन् । मस्जिदका मौलानाका अनुसार यो कुरान लेख्नका लागि सद्दाम हुसेनले तीन वर्षसम्म २६ लिटर रगत दिएका थिए । सद्दामको बारेमा लेखिएको अर्को पुस्तक ‘सद्दाम हुसेनः द पोलिटिक्स अफ् रिभेन्ज’ का लेखका सैद अबूरिशकाले सद्दामले ठूला–ठूला मस्जिद र भवन बनाउनुको पछाडिको कारण उनले टिक्रिटमा बिताएको बाल्यकाल भएको लेख्छन् । उनका अनुसार बाल्यकालमा सद्दामलाई जुत्ता किनिदिने पैसासमेत उनको परिवारसँग हुँदैन थियो ।
सद्दाम हुसेनकै बारेमा अर्को पुस्तक लेख्ने अमाजिया बरमले सद्दामको शासनकालमा कैयौँ दुश्मनलाई थेलियम नामको विष दिएर हत्या गर्ने गरिएको बताउँछन् । सद्दामलाई पनि कसैले विष प्रयोग गरेर आफ्नो हत्या गर्छ कि भन्ने डरले सताउने गर्दथ्र्यो । त्यसैले उनले खाने माछा, तरकारीलगायतका सबै चिज हप्ताको दुई पटक जाँच गर्ने गरिएको बताइन्छ ।
काठमाडौँ — यमनका इराननिकट हुथी विद्रोहीहरूले साउदी अरबका विभिन्न रणनीतिक क्षेत्रहरूलाई निशाना बनाउँदै भीषण र शृङ्खलाबद्ध हवाई आक्रमण सुरु गरेका...
काठमाडौँ — रुसले युक्रेनको राजधानी किभसहित एक दर्जनभन्दा बढी क्षेत्रहरूमा रातभरिदेखि बुधबारसम्म भीषण मिसाइल र ड्रोन आक्रमण गरेको छ। रुसको...
काठमाडौँ — नाइजेरियाको दक्षिणी ओन्डो राज्यमा नाइजेरियाली वायुसेनाको एटीआर–४२ (ATR-42) विमान दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ। वायुसेनाका अनुसार...