सिंगापुरमा भेट्दै ट्रम्प र किम – Naya Bikalpa
October 8, 2026, Thursday      Epaper

सिंगापुरमा भेट्दै ट्रम्प र किम

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जङ–अनसँग आफूले जुन १२ मा सिंगापुरमा भेट्न लागेको बताएका छन् । किमलाई भेट्ने निम्तो स्वीकार गरेर ट्रम्पले गत एप्रिलमा विश्वलाई आश्चर्यचकित तुल्याएका थिए । त्यसअघि यी दुई नेताले एकअर्काको आलोचना र उपहास गर्ने गरेका थिए ।

उत्तर कोरियाली नियन्त्रणबाट मुक्त भएका तीन अमेरिकी बन्दीलाई आफूले स्वागत गरेको केही घण्टामा ट्रम्पले त्यस्तो घोषणा गरेका हुन् । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओको प्योङ्याङ भ्रमणका क्रममा उनीहरूलाई मुक्त गरिएको थियो । ट्रम्प र किमबीचको भेटवार्ताका विषयबारे छलफल गर्न पोम्पेओ त्यहाँ पुगेका थिए ।

यसअघि पनि सिंगापुरमा यस्ता उच्चस्तरका कूटनीतिक भेटवार्ता हुँदै आएको थियो । सन् २०१५ मा चीन र ताइवानले पनि सिंगापुरमा ऐतिहासिक वार्ता गरेका थिए । अमेरिका र सिंगापुरबीच निकट सम्बन्ध छ। सिंगापुरले उत्तर कोरियासँग कूटनीतिक सम्बन्ध राखिरहेको छ। अन्तर्राष्ट्रिय प्रतिबन्धहरू कडा तुल्याइँदा अन्य मुलुकले उत्तर कोरियासँग व्यापार गर्न बन्द गरेपनि सिंगापुरले भने त्यसो गरेको थिएन ।

सम्बन्धित समाचार

युक्रेनमाथि रुसको भीषण हमला: ३ बालबालिकासहित १२ को मृत्यु, ऊर्जा र यातायात क्षेत्रमा ठूलो क्षति
युक्रेनमाथि रुसको भीषण हमला: ३ बालबालिकासहित १२ को मृत्यु, ऊर्जा र यातायात क्षेत्रमा ठूलो क्षति
  • २०७५ बैशाख ३१, ०८: ३९

काठमाडौँ — रुसले युक्रेनको राजधानी किभसहित एक दर्जनभन्दा बढी क्षेत्रहरूमा रातभरिदेखि बुधबारसम्म भीषण मिसाइल र ड्रोन आक्रमण गरेको छ। रुसको...

नाइजेरियामा वायुसेनाको विमान दुर्घटना, २५ जनाको मृत्यु भएपछि ३ दिने राष्ट्रिय शोक घोषणा
नाइजेरियामा वायुसेनाको विमान दुर्घटना, २५ जनाको मृत्यु भएपछि ३ दिने राष्ट्रिय शोक घोषणा
  • २०७५ बैशाख ३१, ०८: ३९

काठमाडौँ — नाइजेरियाको दक्षिणी ओन्डो राज्यमा नाइजेरियाली वायुसेनाको एटीआर–४२ (ATR-42) विमान दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ। वायुसेनाका अनुसार...

भारतीय प्रधानमन्त्री मोदीको २५ वर्षे निरन्तर नेतृत्व : मन्त्रिपरिषद्ले पारित गर्‍यो बधाई प्रस्ताव
भारतीय प्रधानमन्त्री मोदीको २५ वर्षे निरन्तर नेतृत्व : मन्त्रिपरिषद्ले पारित गर्‍यो बधाई प्रस्ताव
  • २०७५ बैशाख ३१, ०८: ३९

नयाँदिल्ली : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सरकार प्रमुखका रूपमा निरन्तर २५ वर्ष नेतृत्व पूरा गरेको अवसरमा भारतको केन्द्रीय मन्त्रिपरिषद्ले बधाई...