
नयाँ विकल्प,
एजेन्सी – बंगलादेशको रुपगंजस्थित एक कारखानामा आगलागी हुँदा कम्तीमा ४९ को मृत्यु भएको छ । बंगलादेशको दमकल सेवाले यसबारे जानकारी दिएको हो ।
दमकल विभागका उप–निर्देशक देवाशीष वर्धनले बीबीसीसँगको कुराकानीमा भने, ‘कम्तीमा ४९ जनाको शव भेटिएको छ ।’
बिहिबार बेलुका रुपगंजको एक फुड एण्ड बेवरेज कारखानाको भवनमा आगलागी भएको हो । देबीशीष वर्धनले मृत्युको संख्या बढ्न सक्ने बताएका छन् ।
रुपगंज पुलिस स्टेशनका एक प्रहरी अधिकारीले बीबीसीसँगको कुराकानीमा कारखानामा काम गर्ने मानिसहरु ठूलो संख्यामा त्यहाँ जम्मा भएको बताएका छन् ।
काठमाडौं : देशका केही हिमाली तथा पहाडी क्षेत्रमा आज मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।...
काठमाडौं : सरकारले बुढीगण्डकी बाढीमा आएको बाढीबाट प्रभावित गोरखा जिल्लाको चुम नुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका तथा धादिङ...
काठमाडौँ— गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुन प्रतिस्थापन गर्दै नयाँ प्रहरी विधेयक...