अफगानिस्तानमा द्वन्द्वमा परि २७ बालबालिकाको ज्यान गयो – Naya Bikalpa
August 10, 2026, Monday      Epaper

अफगानिस्तानमा द्वन्द्वमा परि २७ बालबालिकाको ज्यान गयो


नयाँ विकल्प,

काठमाडौं – अफगानिस्तानमा तालिबान र सरकारी सेनाबीचको द्वन्द्वमा परि तीन दिनमा २७ बालबालिकाको ज्यान गएको छ । विगत तीन दिनमा १ सय ३६ जनाभन्दा धेरै बालबालिका घाइते भएको युनिसेफको प्रतिवेदनमा उल्लेख छ।

संयुक्त राष्ट्रसङ्घले द्वन्द्वमा परि महिला र बालबालिका बढी जोखिममा परेको जनाएको छ । राष्ट्रसङ्घको बालबालिका मामिला हेर्ने निकाय युनिसेफले बालबालिकामाथि हुने हिंसा बढेको र यसले स्तब्ध बनाएको जनाएको छ । कतिपय क्षेत्रबाट हजारौँ नागरिक घर छाडेर राजधानी काबुल गइरहेका छन् ।

घर छोड्न बाध्य परिवारका बालबालिका खुला आकाशमुनी सुत्न बाध्य भएको युनिसेफ अफगानिस्तानका समान्थ मोर्तलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ । साथै तालिबान विद्रोहीले महिला र बालबालिकालाई बन्धक बनाएको खबरमा उल्लेख छ ।

तालिबानले शुक्रवारयता अफगानिस्तानमा ५ वटा क्षेत्रीय राजधानीमा कब्जा जमाइसकेको छ ।

सम्बन्धित समाचार

पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
  • २०७८ श्रावण २६, २२: ३३

काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...

कांग्रेसलाई एकताबद्ध बनाउन ट्रेड युनियनकर्मीहरुद्वारा आग्रह
कांग्रेसलाई एकताबद्ध बनाउन ट्रेड युनियनकर्मीहरुद्वारा आग्रह
  • २०७८ श्रावण २६, २२: ३३

मुलुक लोकतन्त्र र संविधानको संरक्षण र सम्बर्धन गर्नुपर्ने गम्भीर मोडमा उभिएको अवस्थामा नेपाली कांग्रेस भित्र झांगिदै गएको गुटगत तिक्तता, विशेष...

विनय यादवको आमरण अनसनप्रति ‘सनातन हिन्दूराष्ट्र स्थापना महाअभियान’को ऐक्यवद्धता
विनय यादवको आमरण अनसनप्रति ‘सनातन हिन्दूराष्ट्र स्थापना महाअभियान’को ऐक्यवद्धता
  • २०७८ श्रावण २६, २२: ३३

काठमाडौं : सुनसरीको कप्तानगञ्जमा भएको दुःखद् घटनालाई लिएर आमरण अनसनमा बसेका राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवको मागप्रति नेपाली कांग्रेस...