‘म हुँ देशको कार्यवाहक राष्ट्रपति’ : अफगानि उपराष्ट्रपति – Naya Bikalpa
August 28, 2026, Friday      Epaper

‘म हुँ देशको कार्यवाहक राष्ट्रपति’ : अफगानि उपराष्ट्रपति

एजेन्सी,

काठमाडौं- अफगानिस्तानमा जारी राजनीतिक संकटबीच राष्ट्रपति अशरफ घानीको सरकारमा उपराष्ट्रपति रहेका अमरुल्लाह सालेहले आफू देशको कार्यवाहक राष्ट्रपति भएको दाबी गरेका छन् ।

संविधानअनुसार राष्ट्रपति नहुँदा, छाडेर जाँदा, राजीनामा दिँदा वा मृत्यु हुँदा उपराष्ट्रपति कार्यवाहक राष्ट्रपति हुने उल्लेख गरिएको बताउँदै उनले सो दाबी गरेका हुन् ।
उनले भने, ‘म यति बेला देशभित्र नै छु र देशको वैद्य कार्यवाहक राष्ट्रपति हुँ । म आम सहमति बनाउन र समर्थन हासिल गर्न सबै नेताहरूलाई सम्पर्क गरिरहेको छु ।’

यसअघि सालेहले ट्वीटरमा अफगानिस्तान र तालिबानबारे एक ट्वीट गरेका थिए । ‘अफगानिस्तान मामिलामा अब राष्ट्रपति जो बाइडेनसँग बहस गर्न बेकार छ । उनलाई छाडी दिऔँ । हामी अफगानीले साबित गर्नुपर्छ कि अफगानिस्तान भियतनाम होइन र तालिबान भिएत कङ जस्तै होइन ।

सम्बन्धित समाचार

भारतले दोस्रो खेपमा ३७.५ टन राहत सामग्री पठायो
भारतले दोस्रो खेपमा ३७.५ टन राहत सामग्री पठायो
  • २०७८ भाद्र १, २२: २७

काठमाडौं : भारतले बाढी तथा पहिरो प्रभावित नेपालका नागरिकका लागि दोस्रो खेपमा ३७.५ टन मानवीय सहायता तथा विपद् राहत सामग्री,...

रसुवा बाढी : ३५९ जनाको शव फेला
रसुवा बाढी : ३५९ जनाको शव फेला
  • २०७८ भाद्र १, २२: २७

काठमाडौँ : चीनको तिब्बत हुँदै रसुवाको भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या ३५९ पुगेको छ । नेपाल प्रहरीले दिएको...

भोटेकोशी बाढी : वीरमा ५ र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै
भोटेकोशी बाढी : वीरमा ५ र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै
  • २०७८ भाद्र १, २२: २७

काठमाडौं : रसुवामा बुधबार बिहान गएको बाढीमा परी घाइते भएका तथा उद्धार गरी काठमाडौं ल्याइएकामध्ये २३ जनाको वीर अस्पताल र...