
एजेन्सी,
काठमाडौं- तालिबानका नेता तथा सह-संस्थापक मुल्लाह अब्दुल गनी बरादर कतारबाट अफगानिस्तान फर्किएका छन् ।
कतारको दोहामा विगत केही महिनादेखि रहेका उनी कान्दाहर पुगेका हुन् ।
कतारमा रहेर उनी अमेरिकी सैनिकको फिर्ती प्रक्रियालाई लिएर अमेरिकासँग वार्तामा थिए ।
तालिबानले गएको आइतबार काबुल नियन्त्रणमा लिएपछि उनी अफगानिस्तानको नेतृत्वका लागि फर्किएका हुन् ।
उनलाई अबको अफगानिस्तानका राष्ट्रपति हुने अनुमान गरिएको छ । कान्दाहरलाई तालिबानको धार्मिक जन्मस्थल मानिन्छ ।
भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित उत्साहित सुधार गृहमा एक युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । सुधार गृहमा...
काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको गाजासम्बन्धी १५ बुँदे शान्ति योजनाप्रति असहमति जनाएका छन्।...
काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...