
नयाँ विकल्प,
काठमाडौं – अफगानिस्तानको विमानस्थलमा १२ जनाको मृत्यु भएको छ ।
विमानस्थलमा गोली चल्दा र भागदौड मच्चिँदा अहिलेसम्म नौ जनाको तालिबान अधिकारीले समाचार एजेन्सी रोयटर्ससँग भनेका छन् ।
साथै तालिबान अधिकारीले यात्राका लागि वैध प्रमाणपत्र नहुनेलाई विमानस्थलमा भिड नगर्न पनि अपिल गरेको छ ।
यसअघि अमेरिकी वायु सेनाले पनि सोमवार केही व्यक्तिको ज्यान गएको र त्यसबारेमा जाँच भइरहेको बताएको थियो ।
अगस्ट १५ आइतवारका दिन तालिबानले राजधानी काबुल नियन्त्रणमा लिएपछि धेरै सङ्ख्यामा अफगान नागरिक त्यो ठाउँ छाडेर बाहिर जान खोज्दा विमानस्थलमा निकै भिड बढेको थियो ।
अमेरिकी सेनाले विमानस्थल नियन्त्रणमा लिएको थियो ।
अहिले पनि विमानस्थलमा अमेरिकी सेना तैनाथ छन् र विमानस्थलसम्म पुग्ने सडकमा तालिबान लडाकु गस्ती गरिरहेका छन् ।
काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...
काठमाडौं : बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले आज बिहान ५ः४५ बजेसम्म अवरुद्ध...
भक्तपुर : भक्तपुरको मनहरा क्षेत्रमा वैकल्पिक व्यवस्थापनबिना हटाइएका सुकुम्वासी बस्तीका प्रभावित परिवारले तत्काल पुनर्स्थापनाको माग गर्दै कोणसभा गरेका छन् ।...