
नयाँ विकल्प,
काठमाडौं – भूतपूर्व गोर्खा सैनिकहरुको मागबारे नेपालीसँग् वार्ता गर्न बेलायत सरकार तयार भएको छ ।
दीर्घकालीन समाधान खोज्न द्विपक्षीय कमिटी बनाउन बेलायत सरकार सहमत भएको हो ।
यससँगै लण्डनस्थित बेलायती प्रधानमन्त्रीको कार्यालय अगाडि १३ दिनदेखि भूपू गोर्खाहरुले थालेको आमरण अनसन तोडिएको छ ।
समानताको माग गर्दै ज्ञानराज राई, पुष्पा घले र धन गुरुङ ७ अगष्टदेखि अनसनमा बसेका थिए । बिहीबार बेलायती रक्षामन्त्री लियो डोचर्डी आफैं अनसन स्थलमा पुगे दीर्घकालीन समाधान खोज्न द्वीपक्षीय कमिटी बनाउन प्रतिवद्धता जनाएका छन् ।
उनको लिखित पत्रमा भूपू गोर्खाहरुको समस्या समाधानका लागि नेपाल र बेलायतको द्विपक्षीय कमिटी बनाउने र भूपू गोर्खाहरुका पनि प्रतिनिधि रहने उल्लेख छ ।
वार्ता समितिले टेक्निकल कमिटीको रिपोर्टलाई प्रारम्भीक आधार मानेर डिसेम्बरबाट औपचारिक काम थाल्नेछ ।
त्यसअघि ८ सेप्टेम्बर २०२१ मा रक्षामन्त्री, नेपाली राजदूत र भूपू गोर्खाका प्रतिनिधिहरुबीच छलफल गर्ने सहमति भएको छ ।
काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...
कपिलवस्तु : तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा फेला परेका छन् ।...
काठमाडौं । थाइल्यान्डको नोनथाबुरी प्रान्तस्थित एक विद्यालयमा शुक्रबार भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या ९ पुगेको छ। गोली लागेर उपचाररत १२...