तालिवान प्रवक्ता मुजाहिदले दिए अफगानिस्तानबाट बाहिरिनेलाई अगस्ट ३१ को डेडलाइन – Naya Bikalpa
August 7, 2026, Friday      Epaper

तालिवान प्रवक्ता मुजाहिदले दिए अफगानिस्तानबाट बाहिरिनेलाई अगस्ट ३१ को डेडलाइन


एजेन्सी

काठमाडौं– अफगानिस्तानमा तालिबानले काबुलबाट विदेशी नागरिक बाहिर जाने मिति थप गर्न नसकिने बताएको छ ।

प्रवक्ता जबिउल्लाह मुजाहिदले विदेशी नागरिकलाई काबुलबाट बाहिर जान यही अगस्ट ३१ सम्मको समयसीमा (डेडलाइन) दिएका छन् ।


विदेशी नागरिकलाई निर्धारित मिति समाप्त हुनुभन्दा अघि नै काबुलबाट निस्किन पर्याप्त समय भएको प्रवक्ता मुजाहिदले बताएका हुन्।

अमेरिका र सहयोगी देशहरूले भने अगस्ट ३१ सम्म सबै मानिसलाई काबुल बाहिर लैजान कठिन हुने बताएका छन् ।

तालिबानले अफगानिस्तानका कुनै पनि नागरिक देश छाडेर बाहिर जाओस् भन्ने नचाहेको प्रवक्ता मुजाहिदको भनाइ छ ।

अहिलेसम्म विदेशी र अफगान नागरिक गरी झन्डै ५० हजार जना काबुल विमानस्थलबाट बाहिरिएको बीबीसीले जनाएको छ ।

सम्बन्धित समाचार

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ भाद्र ८, २०: ३०

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...

५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा, २७१ परिवार बने जग्गाधनी
५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा, २७१ परिवार बने जग्गाधनी
  • २०७८ भाद्र ८, २०: ३०

रुपन्देही : रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका अन्तर्गत साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा एकसरो नापी भएको करिब ५८ वर्षपछि...

परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ : परराष्ट्रमन्त्री
परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ : परराष्ट्रमन्त्री
  • २०७८ भाद्र ८, २०: ३०

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन् । ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः...