इजरेलद्वारा गाजामा ‘भीषण’ आक्रमण – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

इजरेलद्वारा गाजामा ‘भीषण’ आक्रमण

सीमा क्षेत्रमा आफ्ना सैनिकमाथि आक्रमण गरिएपछि इजरेलले गाजा पट्टीमा सैन्य अखडाहरूलाई निशाना बनाएको छ । सीमा क्षेत्रमा घाइते भएका आफ्ना एक सैनिकको मृत्यु पनि भएको उसले जनाएको छ ।

हिंसात्मक घटनामा धेरै समयपछि इजरेली सेनाको ज्यान गएको हो । गाजाका अधिकारीहरूका अनुसार इजरेली हवाई हमलामा चारजना प्यालेस्टिनीहरू मारिएका छन् र उनीहरूमध्ये तीनजना हमास लडाकु समूहका सदस्य थिए । सीमा क्षेत्रमा प्रदर्शनका क्रममा चौथो प्यालेस्टिनी नागरिक मारिएको त्यहाँका अधिकारीहरूले बताएका छन् ।

यद्यपी, गाजामाथि नियन्त्रण राखिआएको हमास समूहले इजरेलसँग एउटा युद्धविराममा सहमति भएको जनाएको छ । हमासका प्रवक्ता फाव्जी बरहौमले “इजिप्ट र संयुक्त राष्ट्रसंघको पहलमा इजरेली र प्यालेस्टिनी समूहहरूबीच शान्तिताकाको समयमा फर्कने सहमति भएको बताए । तर युद्धविराम सहमतिबारे इजरेलले अहिलेसम्म कुनै प्रतिक्रिया जनाइसकेको छैन ।

उत्तरी गाजा पट्टीस्थित हमासका १५ वटा सैन्य अखडा र खान युनिसस्थित थप २५ वटालाई निशाना बनाइएको इजरेली सेनाले जनाएको छ । इजरेल र गाजाको सीमामा शुक्रवार पारेर प्यालेस्टिनीहरूले अर्को प्रदर्शन थालेपछि इजरेलले पछिल्लो हमला गरेको हो । प्यालेस्टिनी लडाकुहरूबाट इजरेली भूभागमा तीनवटा क्षेप्यास्त्र प्रहार गरिएको त्यहाँको सेनाले जनाएको छ ।

इजरेलले गत हप्ता सन् २०१४ मा भएको युद्धयता पहिलो पटक हमासविरुद्ध ठूलो आक्रमण गरेको थियो। गाजा पट्टीबाट २०० भन्दा बढी रकेट तथा मोर्टार प्रहार गरेपछि इजरेली सेनाले भीषण हमला थालेको अधिकारीहरुले बताए ।

सम्बन्धित समाचार

भेनेजुएला भूकम्प : मृतकको संख्या २३५ पुग्यो
भेनेजुएला भूकम्प : मृतकको संख्या २३५ पुग्यो
  • २०७५ श्रावण ७, ०७: १७

काठमाडौं : उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा कम समयको अन्तरमा आएका दुई शक्तिशाली भूकम्पले व्यापक जनधनको क्षति पुर्‍याएको छ...

भेनेजुएलामा शक्तिशाली भूकम्प : १८८ जनाको मृत्यु, १३८ परकम्प पुष्टि
भेनेजुएलामा शक्तिशाली भूकम्प : १८८ जनाको मृत्यु, १३८ परकम्प पुष्टि
  • २०७५ श्रावण ७, ०७: १७

काठमाडौं । भेनेजुएलामा आएका दुई शक्तिशाली भूकम्पपछि हालसम्म कम्तीमा १३८ वटा परकम्प गएको पुष्टि भएको छ। घटनामा मृत्यु हुनेको संख्या...

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७ सय बढी घाइते
भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७ सय बढी घाइते
  • २०७५ श्रावण ७, ०७: १७

काठमाडौं : भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२ जनाको मृत्यु भएको तथा ७ सय जनाभन्दा बढी घाइते भएका छन्...