
नयाँ विकल्प,
काठमाडौं – चीनले आतंकवादीसँगको सम्बन्ध अन्त्य गर्न तालिबान समूहलाई सुझाव दिएको छ।
काबुल विमानस्थलमा एक सय ७० जनाको ज्यान जाने गरी भएको विस्फोटपछि चीनले क्षेत्रीय स्थिरता र विकास साझेदारीमा असर गर्ने खालका गतिविधिलाई रोक लगाउन आतंकवादी समूहसँगको सम्बन्ध तोड्न भनेको समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।
बेइजिङमा भएको पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजानले बितेका २० वर्षमा अफगानिस्तानमा केही आतंकवादी संगठनहरु विकसित भएका र उनीहरुले अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षालाई खतरा पैदा गरेका भन्दै तालिबानले उनीहरुसँग सम्बन्ध बनाउने नभइ निस्तेज पार्नुपर्ने बताए ।
बिहिबार काबुल विमानस्थलमा भएको आक्रमणमा १३ जना अमेरिकी सैनिक र २ जना बेलायती नागरिकसहित एक सय ७० जनाको ज्यान गएको छ ।
घटनामा एक हजार दुई सय ७६ जना घाइते भएका छन् ।
काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...
रुपन्देही : रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका अन्तर्गत साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा एकसरो नापी भएको करिब ५८ वर्षपछि...
काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन् । ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः...