संघर्षपूर्ण जित निकाल्दै रियल म्याड्रिड शीर्ष स्थानमा – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

संघर्षपूर्ण जित निकाल्दै रियल म्याड्रिड शीर्ष स्थानमा

नयाँ विकल्प,

काठमाडौं- संघर्षपूर्ण जित निकाल्दै रियल म्याड्रिड क्लब स्पेनिस ला-लिगाको शीर्ष स्थानमा पुगेको छ।

शनिबार रातिको खेलमा म्याड्रिडले रियल बेटिसलाई १-० गोल अन्तरले पराजित गरेको हो। खेलको एकमात्र निर्णायक गोल दोस्रो हाफको ६१ मिनेटमा सम्भव भएको थियो। डिफेण्डर ड्यानी कार्भाजलले हेडिङ मार्फत गोल गरेका थिए।

जितसँगै अपराजित रहेको रियल ३ खेलबाट ७ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ। समान ७ अंक नै भए पनि सेभिया, भ्यालेन्सिया र मलोर्का गोल अन्तरमा शीर्ष चारमा छन्। पराजित बेटिस २ अंकसहित १४औं स्थानमा छ।

राति नै भएका अन्य खेलमा सेल्टा डि भिगोलाई एट्लेटिको बिल्वाओले १-० तथा रियल सोसिडाडले लेभान्तेलाई १-० गोल अन्तरले पराजित गरे। इल्चे र सेभियाले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन्।

सम्बन्धित समाचार

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७८ भाद्र १३, ०८: १८

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

एनपिएल : कर्णालीले चितवनलाई हरायो
एनपिएल : कर्णालीले चितवनलाई हरायो
  • २०७८ भाद्र १३, ०८: १८

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...

प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त
प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त
  • २०७८ भाद्र १३, ०८: १८

काठमाडौं : अमेरिकामा प्राविधिक समस्याका कारण शुक्रबार राष्ट्रव्यापी रूपमा हवाई उडान रोकिएपछि हजारौं यात्रु प्रभावित भएका छन् । चार घण्टाभन्दा बढी...