काबुल विमानस्थलबाहिर विस्फोट – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

काबुल विमानस्थलबाहिर विस्फोट

नयाँ विकल्प,
काठमाडौं – अफगान स्वास्थ्य मन्त्रालयले पुनः काबुल विमानस्थल नजिक विस्फोट भएको पुष्टि गरेको छ ।

विस्फोटमा के कति क्षति भयो भन्नेबारेमा भने विवरण प्राप्त भइसकेको छैन ।

स्वास्थ्य मन्त्रालयका एक अधिकारीले विमानस्थल नजिकै रहेको एउटा घरमा रकेट ठोक्किएको जनाएका बीबीसीमा उल्लेख छ ।

यसअघि बिहीवार पनि काबुल विमानस्थलबाहिर विस्फोट भएको थियो । त्यो विस्फोटमा एक सय ७० जनाभन्दा बढीको ज्यान गएको थियो ।

त्यस विस्फोटमा डेढ सयभन्दा धेरै घाइते भएका थिए ।

बिहीवारको विस्फोटको जिम्मा इस्लामिक स्टेटको स्थानीय शाखा इस्लामिक स्टेट–केले लिएको छ ।

काबुल विमानस्थलमा भएको आक्रमणको जवाफमा अमेरिकाले अस्ति शुक्रवार पूर्वी अफगानिस्तानमा ड्रोन हमला गरेको थियो ।

आक्रमणमा आईएस–केका दुई जना सदस्य मारिएका र उनीहरू काबुल विमानस्थल बम विस्फोटका रणनीतिकार रहेको अमेरिकाले बताएको छ ।

सम्बन्धित समाचार

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ भाद्र १३, २२: १९

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
  • २०७८ भाद्र १३, २२: १९

कपिलवस्तु : तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा फेला परेका छन् ।...

थाइल्यान्डको विद्यालय गोलीकाण्डमा मृतकको संख्या ९ पुग्यो
थाइल्यान्डको विद्यालय गोलीकाण्डमा मृतकको संख्या ९ पुग्यो
  • २०७८ भाद्र १३, २२: १९

काठमाडौं । थाइल्यान्डको नोनथाबुरी प्रान्तस्थित एक विद्यालयमा शुक्रबार भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या ९ पुगेको छ। गोली लागेर उपचाररत १२...