
नयाँ विकल्प,
काठमाडौं – नवनियुक्त प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनाका सकल दर्जालाई चार कोठाको घर निर्माणका लागि सैनिक कल्याणकारी कोषबाट २५ लाख ऋण दिने घोषणा गरेका छन् ।
पदबहाली गरेपछि सकल दर्जालाई पहिलो सम्बोधन गर्र्दै शर्माले १० वर्ष सेवा पुरा गरेका सैनिकलाई त्यस्तो सहुलियतपूर्ण ‘आवास कर्जा’ दिने घोषणा गरेका हुन् ।
राष्ट्रिय सुरक्षा नीति र प्रतिरक्षा नीतिअनुसार सैनिक रणनीतिको निर्माण गरेर सैनिक मुल ग्रन्थ पुनरावलोकन गरिने शर्माको भनाइ छ ।
‘रणनीतिक, अपरेशनल र ट्याक्टिकल तहबीच सामन्जस्यता कायम हुनेगरी ३ जोड एक कमाण्डको सफल कार्यान्वयन गरिँदै लगिनेछ’ प्रधान सेनापति शर्माले भने–‘सामूहिक भावना अनुरुप कार्य गर्नैपर्छ, सामूहिकतालाई विशेष प्राथमिकतामा राखिएको छ ।’
काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...
रुपन्देही : रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका अन्तर्गत साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा एकसरो नापी भएको करिब ५८ वर्षपछि...
काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन् । ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः...