जापानमा चिकित्साशास्त्र अध्यापन हुने एउटा प्रतिष्ठित विश्वविद्यालयले छात्राहरुले प्रवेशपरीक्षामा पाएको अङ्क परिवर्तन गरिदिएको समाचार प्रकाशित भएपछि सामाजिक सञ्जालमा व्यापक आक्रोश व्यक्त भएको छ । जापानी समाचारपत्र ‘योम्युरी शिम्बुन’का अनुसार प्रवेशपरीक्षा उत्तीर्ण गर्ने छात्राहरुको संख्या ३० प्रतिशतभन्दा कम रहोस् भनेर टोकियो मेडिकल युनिभर्सिटीले सन् २०११ देखि परीक्षाफल फेरिदिन थालेको थियो ।
सो निजी विश्वविद्यालयले नियतवश लैङ्गिक भेदभाव गरिएको भन्ने आरोपबारे छानबिन गर्ने जनाएको छ ।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले यस विषयमा सरकारको चर्को आलोचना गरेका छन् । प्रधानमन्त्री शिन्जो आबेले कार्यक्षेत्रमा महिलाको सहभागितालाई प्रोत्साहन दिने प्रतिबद्धता व्यक्त गर्दै आएका छन् । त्यसैले ती आरोपहरु विरोधाभासपूर्ण भएको केही आलोचकहरुले जनाएका छन ्।
जापानमा सर्वाधिक ठूलो पत्रिका मानिएको योम्युरी शिम्बुनले बिहीवार महिला विद्यार्थी भर्नाको संख्याबारे त्यस्तो विवरण प्रकाशित गरेको हो । एक अमूक स्रोतलाई उद्धृत गर्दै छापिएको समाचारमा अध्ययन सकिएपछि महिला चिकित्सकहरुले अभ्यासलाई निरन्तरता नदिने अनुमान गरेर प्रवेशपरीक्षा उत्तीर्ण हुने छात्राहरुको संख्या कम गराउन विश्वविद्यालयका अधिकारीहरुले ‘मौन सहमति’ गरेको दाबी गरिएको छ ।
उत्तीर्ण भएका धेरै छात्राहरुले सन्तान जन्माउन वा हुर्काउन चिकित्सकको पेसालाई निरन्तरता नदिने गरेको पाइएको सो स्रोतले उक्त समाचारपत्रलाई जनाएको छ । सन् २०१० मा सो विश्वविद्यालयले छात्राहरुको संख्या सीमित राख्न प्रावधान ल्याएको ठानिएको बताइएको छ । त्यस वर्ष छात्राको सङ्ख्या झन्डै ४० प्रतिशत थियो । सो पत्रिकाका अनुसार दुई चरणको आवेदन प्रक्रियापछि यस वर्ष ३० जना छात्राले र १४१ जना छात्रले सो विश्वविद्यालयमा भर्ना पाएका छन् । जापानमा विशेष सीप चाहिने क्षेत्रमा महिला सहभागिता एकदमै न्यून रहेको छ । त्यहाँ केवल १२.४ प्रतिशत विधायक, वरिष्ठ अधिकारी तथा व्यवस्थापकहरु महिला भएको एउटा अध्ययनले देखाएको छ । –बीबीसीबाट
काठमाडौँ — यमनका इराननिकट हुथी विद्रोहीहरूले साउदी अरबका विभिन्न रणनीतिक क्षेत्रहरूलाई निशाना बनाउँदै भीषण र शृङ्खलाबद्ध हवाई आक्रमण सुरु गरेका...
काठमाडौँ — रुसले युक्रेनको राजधानी किभसहित एक दर्जनभन्दा बढी क्षेत्रहरूमा रातभरिदेखि बुधबारसम्म भीषण मिसाइल र ड्रोन आक्रमण गरेको छ। रुसको...
काठमाडौँ — नाइजेरियाको दक्षिणी ओन्डो राज्यमा नाइजेरियाली वायुसेनाको एटीआर–४२ (ATR-42) विमान दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ। वायुसेनाका अनुसार...