विश्वभर वायु प्रदूषणको अवस्था खतरनाक – Naya Bikalpa
August 14, 2026, Friday      Epaper

विश्वभर वायु प्रदूषणको अवस्था खतरनाक


नयाँ विकल्प,

काठमाडौं– विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले १५ वर्षपछि वायु गुणस्तर निर्देशिका संशोधन गरेको छ ।

वायु प्रदूषणका कारण मुटु र फोक्सोका गम्भीर बिरामीको सङ्ख्या र मृत्यु दर कम गराउनका लागि संयुक्त राष्ट्र सङ्घमा आवद्ध एक सय ९४ देशका लागि निर्देशिका लागु हुनेछ ।

वायु प्रदूषणले गर्दा जलवायु परिवर्तनमा असर पुगेको र मानव जीवन तथा वातावरणकै लागि खतरा निम्त्याएको भन्दै डब्ल्यूएचओले यसबारे पहिलेको बुझाइलाई व्यापक परिवर्तन गनुपर्ने जनाएको छ । वायु प्रदूषणकै कारण हरेक वर्ष विश्वभर ७० लाख मानिसको ज्यान गइरहेको र नयाँ निर्देशिका कडाइका साथ पालना गरेमा ज्यान गुमाउनेको सङ्ख्यामा कमी ल्याउन सकिने डब्ल्यूएचओको भनाइ छ ।

डब्लुएचओले वायु प्रदूषणको चेतावनीको स्तरमा पनि परिवर्तन छ । नयाँ निर्देशिकाले पीएम २.५ (टू पोइन्ट फाइभ)भनिने सुक्ष्म कणको अधिकतम मात्रालाई घटाइएको छ ।

हावामा हुने पीएम २.५ .टू पोइन्ट फाइभ) को अधिकतम १० माइक्रोग्राम प्रति क्युविक मिटरबाट घटाएर पाँचमा झारिएको छ, यस्तै पीएम १० को मात्रालाई २० माइक्रोग्रामबाट घटाएर १५ मा झारिएको छ ।

यसअघि २.५ (टू पोइन्ट फाइभ) को पूर्ण पालना गरेको भए ८० प्रतिशत मृत्यु घटाउन सकिने पनि डब्ल्यूएचओले जनाएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले वायुलाई दूषित हुनबाट बचाउन अपिल गर्दै मानिसहरूले पनि आफ्नो जिम्मेवारी वहन गर्न आग्रह गरेको छ ।

सम्बन्धित समाचार

सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
  • २०७८ आश्विन ७, २३: २६

काठमाडौं ।  सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।...

राष्ट्रिय सभामा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक’ स्वीकृत
राष्ट्रिय सभामा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक’ स्वीकृत
  • २०७८ आश्विन ७, २३: २६

काठमाडौँ : राष्ट्रिय सभाको आजको बैठकले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।...

पत्रकार श्रेष्ठलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
पत्रकार श्रेष्ठलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
  • २०७८ आश्विन ७, २३: २६

काठमाडौं : जिल्ला अदालत काठमाडौंले पत्रकार किशोर श्रेष्ठलाई अनुसन्धानका लागि थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । अदालतको आदेशसँगै...