
नयाँ विकल्प,
काठमाडौं – जापानको सत्तारुढ दलको नयाँ अध्यक्षका रुपमा फुमिओ किशिदा निर्वाचित भएका छन् ।
लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी)को निर्वाचन समितिले बुधवार उनलाई निर्वाचित भएको घोषणा गरेको हो ।
जापानका पूर्व विदेश मन्त्री समेत रहका किशिदाले २५७ मत ल्याएर जित हासिल गरेको हुन् ।
उनकाका प्रतिस्पर्धी तारो कोनोले भने १७० मत ल्याएका थिए ।
नव निर्वाचित अध्यक्ष किशिदा पार्टीको संसदीय दलको अध्यक्षमा समेत निर्वाचित भइ प्रधानमन्त्रीसमेत हुने सम्भावना रहेको छ ।
सरकारलाई प्रभावकारी रूपमा सञ्चालन गर्न नसकेको र कोरोना भाइरसको महामारीको सन्तोषजनक व्यवस्थापन गर्न नसकेको भन्दै आलोचना भएपछि सुगाले प्रधानमन्त्रीबाट आफैँ पछि हट्ने निर्णय गरेका हुुन् ।
भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित उत्साहित सुधार गृहमा एक युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । सुधार गृहमा...
काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको गाजासम्बन्धी १५ बुँदे शान्ति योजनाप्रति असहमति जनाएका छन्।...
काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...